देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सिरियल किलर’ बादशाह पक्राउ

देशान्तर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०६३ देखि २०७४ सालसम्ममा सात जनाको हत्या गरी फरार रहेका ‘सिरियल किलर’ नसिम मुसलमान ‘बादशाह’लाई पक्राउ गरेको छ । चार वर्षीय बालक मोहम्मद रहमानसहित सात जनाको हत्यामा संलग्न रहेका उनलाई सीआईबीले शनिबार राजधानीबाट पक्राउ गरेको हो ।
सीआईबीका एसपी एवं प्रवक्ता दीपक रेग्मीले बालकको अपहरणपछि हत्या गरेको सहितका सात घटनामा उनको संलग्नता रहेको र प्रहरीको खोजीमा रहेका उनलाई सीआईबीले सिनामंगलबाट पक्राउ गरेको बताए ।
‘उनीविरुद्ध बालक अपहरणपछि हत्या गरेकोसहित सात जनाको हत्या अभियोग छ,’ सीआईबी प्रवक्ता रेग्मीले राजधानीसँग भने ।

पछिल्लो समय भारत अलिगढवामा बस्दै आएका ‘बादशाह’ नेपाल आउजाउ गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा उनलाई एसपी दीपक केसीको टोलीले पक्राउ गरेको हो ।