देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूजा र आकाशको रामकहानी युट्युवमा सार्वजनिक, हेर्नुहोस् पूरा फिल्म

देशान्तर

काठमाडौँ । सुदर्शन थापा पूजा शर्माको प्रेमकथामा आधारित चलचित्र रामकहानी युट्युवमा सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर दर्शकको मन जित्न सफल फिल्म बनाउन माहिर निर्देशक सुर्दशन थापाले निर्माण गरेको चलचित्र रामकहानी युट्युवमा सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको निर्माण यूनिटले जनाएको छ ।

महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवादको यो चलचित्रमा हास्य कलाकारहरूलाई अभिनय गराएर सुदर्शनले अलिकति फरक स्वाद दिने प्रयास गरेका छन् । चलचित्रको कथा निर्देशक थापा स्वयंको हो ।

सौरभ लामाको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादनको यो चलचित्र काठमाडौं, पोखरा, रौतहट, कतार आदि स्थानमा खिचिएको छ । २ करोड रुपैयाँ लगानी भएको रामकहानीले युवापुस्ताको कथा बोल्ने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर राना आदि कलाकारहरुको अभिनय रहेको छ ।