देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मनीद्वारा नेपाललाई तीन अर्ब दुई करोड अनुदान

देशान्तर

काठमाडौँ । जर्मनीले नेपाल सरकारलाई तीनवटा परियोजना कार्यान्वयनका लागि रु तीन अर्ब दुई करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
ग्रामीण सौर्य ऊर्जा प्रवद्र्धन, शहरी क्षेत्रमा मातृ तथा शिशु स्याहार तथा ग्रामीण एवं अर्धशहरी क्षेत्रमा दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले उक्त रकम प्रदान गर्न लागेको हो ।

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेरले अर्थमन्त्रालयमा आज हस्ताक्षर गरे ।
उक्त अवसरमा राजदूत शेफेरले अनुदानस्वरुप आफ्नो देशले प्रदान गर्न लागेको उक्त रकमले जर्मनी र नेपालबीच लामो साझेदारी र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए ।