देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रणालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादित छ । प्राधिकरणले एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा मलेसियाको यो कम्पनी आफ्नै सरकारी निकायले निलम्बन गरेको भन्दै मुद्दा प्रक्रियामा थियो । मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले १९ मार्च २०१९ मा सार्वजनिक गरेको सन् २०१७ को वार्षिक प्रतिवेदनमा तथ्यांक सुरक्षा गर्न नसकेको आरोपमा न्युमेरालाई निलम्बन गरी भुक्तानी रोक्का गरिएको उल्लेख छ ।
न्युमेराले मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालत जानुअघि उसले मलेसियाको दूरसञ्चार क्षेत्रको नियमन गर्ने यो निकायविरुद्ध आर्बिट्रेसनमा निवेदन दिएको थियो ।

कमिसनको वार्षिक प्रतिवेदनअनुसार न्युमेरालाई २६ जनवरी २०१८ मा पत्र पठाउँदै कमिसनले पब्लिक सेलुलर ब्लकिङ सेवाबाट निलम्बन गरेको जानकारी गराएको थियो । न्युमेराले व्यवस्थापन गरेको मलेसियामा पब्लिक सेलुर ब्लकिङ सिस्टमको तथ्यांक चोरी भएपछि कमिसनले उसको भुक्तानी रोक्दै कामबाट निलम्बन गरेको हो । मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो । यो कम्पनीको व्यवस्थापन गरेको कम्तीमा १२ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीका उपभोक्ताको मोबाइल नम्बर, आईएमईआई नम्बर र घर ठेगाना रहेको विवरण सन् २०१४ मा चोरी भएको थियो । प्राधिकरणले राख्न थालेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पनि यस्तै खालको सेवा हो ।

यो प्रणालीले अवैध मोबाइल बन्द गर्न, ट्रेडमार्क चोरी भएको मोबाइल नियन्त्रण गर्न, विदेशबाट आउने अवैध कल नियन्त्रणका लागि सहयोग गर्छ साथै हराएको वा चोरी भएको मोबाइल भेट्टाउन र बन्द गर्नका लागि पनि सहयोगी हुन्छ ।

प्राधिकरणले अघिल्लो वैशाख २८ गते ९११ मे २०१८० एमडीएमएसका लागि आशयपत्र माग गरेको थियो । आशयपत्रका आधारमा प्राधिकरणले असोज २६ ९१२ अक्टोबर २०१८० गते ६ कम्पनीलाई छनोट गरेको थियो । तीमध्ये न्युमेरा मलेसियासहित ओएसआई कन्सल्टिङ भारत र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरको जोइन्ट भेन्चर ९जेभी० लाई यो प्रणाली जडानको जिम्मा दिइएको हो ।