देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

देशान्तर

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वे ९युएसजिएस० का अनुसार ६।४ म्याग्निच्युडको भूकम्प जाँदा भवनहरुमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ ।

भूकम्पको केन्द्रविन्दु क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको छ । लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दु रहेको जनाइएको छ ।

उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् । पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको जनाइएको छ ।

केन्द्रविन्दु रहेको शहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् ।

भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेकी छन् । यस्तै केन्द्रविन्दु रहेको शहरमा आपतकालीन अवस्था घोषणा गरिएको मेयर पेग्गी ब्रीडेनले सिएनएनसँग बताएकी छन् ।