सरकारका प्रवक्ता तथा सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द समूहलाई वार्तामा आउन पुनः आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामीले वार्ता पनि ग¥यौँ, वार्तालाई उहाँ ९विप्लव समूह० ले रुचाउनु भएन, अनुचित र गैर संवैधानिक कार्य गर्दै हिँड्नुभो, त्यसो भएपछि नियन्त्रणमा लिने र निस्तेज गर्ने सरकारको काम हो ।”
फेरि पनि वार्ताको लागि सरकारको अनुरोध छ । वार्ताका लागि रातो कार्पेट बिछ्याउँदा पनि हिंसाको निम्ति वातावरण बनाइरहने, धम्क्याइरहने, त¥साहिरहने र चन्दा आतङ्क मच्चाउने हो भने यो जङ्गली राजलाई छुट दिन सकिन्न”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।
उहाँले वार्ताबाट भाग्ने कुरा ठीक नभएको भन्दै दुई तिहाइ जनमत प्राप्त सरकारले राजनीतिको नाममा हुने अपराधलाई निस्तेज पार्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “यो दुई तिहाइको सरकार सिमलको भुवाँ होइन । यो त्यतिकै आएको पनि होइन । देश र जनताका लागि के गर्नुपर्छ हामीलाई राम्ररी थाहा छ ।”
प्रतिक्रिया