० १ - ४१०२५७३ / ७४


राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो

प्रकाशित मिति: १९ असार २०७६, बिहीबार १९:२३   देशान्तर

नयाँदिल्ली – भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ ।उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेख्नुभएको छ ।उहाँको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ ।

उहाँले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताउनु भएको थियो । उहाँले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उहाँले त्यतिबेलै राजिनामाको घोषणा गर्नुभएको थियो ।

तर उहाँको राजिनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उहाँलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् ।यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसरक्नु भएको छ । यस कारण पनि उहाँ अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares