देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्कालीन एमालेका पूर्वसांसद कार्की घुसकाण्डमा दोषी ठहर

देशान्तर

पहिलो संविधानसभामा तत्कालीन एमालेका सभासद डीबी कार्कीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरी कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै पैसा असुलिरहेका बेला रंगेहात पक्राउ गरेको थियो । काठमाडौंको भिमसेनगोलास्थित घरबाटै कार्कीलाई १ लाख रुपैयाँसहित पक्राउ गरिएको थियो । विशेष अदालतमा कार्की र उदासिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले २०६७ सालमै कार्की र सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपनि सर्वोच्चका न्यायाधीशद्वय कार्की र रेग्मीको इजलाशले विशेष अदालतको फैसला हुबहु सदर गरेको हो । काकीलार्ई पहिलो संविधानसभामा तत्कालीन एमालेले समानुपातिक सिटमा सभासद बनाएको थियो । त्यतिबेला तत्कालीन एमालेकै नेता भीम रावल गृहमन्त्री भएको र रावललाई भनेर प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कार्कीले घूस लिएको भन्दै अख्तियारले मुद्धादायर गरेको थियो ।