देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोक गितमा युवाको आकर्षण बढ्दो

देशान्तर

काठमाडौं । बिशाल बस्नेत, भनिन्छ प्राय सबै मानिसको नशानशामा गीत संगीतरुपि रगत वहिरहेको हुन्छ । हरेक मनिसले दुःख, सुखमा गीत संगीतको साथ लिने गर्छन्।
केहि समय अघि लोक गित भन्ने बित्तिकै मुन्टो बटार्ने नाक खम्च्याउने मान्छे को संख्या कम थिएन । दोहोरि गित भन्ने बितिक्कै लोक दोहोरि गित पनि सुन्छन र भनेर प्रश्न गर्ने र हासोमा उडाउने व्यक्तिको संख्या पनि कम थिएन । तर पछिल्लो समय लोक गित संगितमा युवाहरुको आर्कषन बढदो छ ।  पछिल्लो समय लोक गित सुन्ने स्रोता दर्शकको संख्या ह्त्तै बडेको छ । युटुवको ट्रेडिङमा समेत पर्ने गरेको छ लोक दोहोरि गित

आजभोलि प्रत्येक गल्ली गल्लीका होटल पसलहरुमा लोक दोहोरी बजिरहेको सुन्न सकिन्छ , त्यति मात्रै हैन पछिल्लो समयमा त लोक दोहोरी बिनाको कुनै पनि कार्यक्रम ,पाटि र महोत्सब हरु पनि अपुरो अधुरो जस्तै हुने गरेका छन ।
लोक गित संगितमा युवा आर्कषन बडनुको कारण सालको पातको टपरि, लुट्न सके लुट र गलबन्दि जस्ता मौलिक गित आउनु मानिन्छ भन्दा फरक नपर्ला ।

लोक गित संगीतलाइ संरक्षण गरौँ  ||जय गित जय संगित||