देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१९ सिनेकर्मी सम्मानित

देशान्तर

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवमा १९ सिनेकर्मीलाई सम्मान गरेको छ।

सोमबार काठमाण्डौमा रहेको बोर्डको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा विभिन्न लामो समय देखि सिनेमा क्षेत्रमा आवद्ध सिनेमाकर्मीलाई सम्मानित समेत गरिएको थियो ।

यसरी सम्मानित हुनेमा नेपालको पहिलो अभिनेत्री भुवन चन्द, अभिनेता भुवन केसी, अभिनेता शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, साउण्ड इन्जिनियर प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ तथा जापानी निर्देशक तोशी आकी इतोह जापान रहेका छन्।

यसैगरी कार्यक्रममा सिने पत्रकार विजयरत्न तुलाधर, यस्तै, विज्ञापन एजेन्सी९आन०का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल, नकिम उद्दिनलाई समेत सम्मानित गरिएको थियो । कामना पब्लिकेसनलाई पनि बोर्डको कार्यक्रममा सम्मानित गरेको थियो।
यसैगरी उक्त कार्यक्रममा गत वर्ष प्रदर्शित तीन सिनेमाहरू( बुलबुल, कथा ७२ र गोपीलाई विशेष सिनेमाको सम्मान प्रदर्शन गर्‍यो ।
सो कार्यक्रममा बोर्डले नेपाली सिनेमाका सुरूवाती १० फिचर सिनेमाको डिजिटाइजेशन तथा रेस्टोरेशन काम सकिएको जानकारी दिएको थियो।

सेल्यूलाइड प्रविधिमा खिचिएका आमा, हिजो आज र भोली, जीवनरेखा, के घर के डेरा, सिन्दुर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिदो आकाश तथा शान्तिदीप छन् । बोर्डले विस्तारै अन्य चलचित्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने बोर्डको योजना छ ।
कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केशव भट्टराईले तीन वर्षदेखि रोकिएको ’राष्ट्रिय चलचित्र पुस्कार’ असार २७ गते राष्ट्रपति भवनमा बाँडिने जानकारी गराए ।