काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस नेता सिटौलाले जनताबाट दुई तिहाइ मत प्राप्त गरेको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो ।
उहाले वर्तमान संविधानबाट सरकारले धेरै काम गर्न सक्ने तर त्यो बाटोलाई बिर्सिएको बताउनुभयो । सरकारले संविधान विपरीतका काम गर्न खोजेर बारम्बार विवाद भने निम्त्याइरहेको जनाउनुभयो । सिटौलाले नेकपाभित्र हुने खैलाबैलाले नै सरकारलाई असर गर्नेसमेत बताउनुभयो ।
द्वन्द्वपीडितले न्याय नपाएको भन्दै नेता सिटौलाले असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । द्वन्द्वपीडितले अझैसम्म पनि न्याय पाउन नसक्नु दुःखद भएको भन्दै उहाले त्यतातर्फ सोच्नुपर्ने बेला भएको बताउनुभयो ।
प्रतिक्रिया