देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जात्रै जात्रा ५१ औ दिनको नजिक

देशान्तर

काठमाडौँ ।बिशाल बस्नेत। गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले सफलतापूर्वक प्रदर्शनको सातौँ सातामा प्रवेश गरेको छ । रिलिज भएको दिनदेखि तीन सातासम्म बक्सअफिसमा लगातार आफ्नो दबदबा कायम गर्न सफल फिल्मले अहिलेसम्म ९ करोड माथिको कमाई गरेको निर्माण युनिटको दाबी रहेको छ ।

‘वर्ड अफ माउथ’ प्रचार बलियो भएको कारण फिल्मले राम्रो व्यवसाय गर्न सफल भएका हो । फिल्म अहिले ५१ दिने बाटोमा छ । ‘जाजै जात्रा’ फिल्म ‘जात्रा’ को सिक्वेलको रुपमा निर्माण भएको हो । यो फिल्मले बक्सअफिसमा केही चलचित्र भवनमा ५१ औँ दिन मनाउन सफल भएको थियो ।
‘जात्रै जात्रा’ सिंगल थिएटर तर्फ राजधानीको गोपीकृष्ण, गुण र अष्टनारायणमा चलिरहेको छ, भने मोफसलका केही सिंगल थिएटरमा पनि फिल्म चलिरहेको जानकारी प्राप्त छ । मल्टीप्लेक्स तर्फ क्यूएफएक्स चेन, एफक्यूब र विएसआरमा प्रदर्शनरत छ । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म कलाकार रविन्द्र सिंह बानियाले निर्माण गरेका हुन् ।

नेपाली दर्शक तथा समीक्षकले राम्रो प्रतिक्रिया दिएको फिल्म बिदेशका केही शहरमा समेत राम्रो भएको छ । फिल्मको अहिले पनि बिदेशका धेरै राष्ट्रबाट माग भइरहेको निर्देशक भट्टराइले बताए ।