काठमाडौँ । माध्यमिक परिक्षा बोर्ड एसईई को परिक्षाफल प्रकाशनमा नेपाल टेलिकमले त्रुटि गरेको पाइएको छ । टेलिकमको वेबसाइटमार्फत परिक्षाफल हेर्दा गणित विषयमा समेत प्राक्टिकल अंक देखिएको हो । परिक्षाफल प्रकाशित हुनेवित्तीकै परिक्षाको लब्धांक पत्रमा सुरुमा गणित विषयमा पनि प्राक्टिकल अंक जोडिएको छ । तर, पछि टेलिकमले पनि सच्याएको छ ।
नेपाल टेलिकमले डाटा अपलोड गर्ने बेलामा सामान्य त्रुटि गरेका कारण धेरै विद्यार्थीको ग्रेड सिटमा गणितमा पनि प्राक्टिकल अंक देखिएको नेपाल परिक्षा बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले जानकारी दिए ।
यसैकारण नतिजा प्रकाशन हुनेवित्तीकै ग्रेड सिट डाउनलोड गरेका विद्यार्थीले पुनः नतिजा हेर्नुपर्ने भएको छ । अध्यक्ष पौडेलले पनि यसअघि ग्रेड सिट हेरेकालाई फेरि हेरेर कन्फर्म गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया