देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आवस्यकताका आधारमा मन्त्रीमण्डल परिवर्तन हुन्छः नेता रावल

देशान्तर

काठमाडौँ । नेकपाका नेता भिम रावलले सरकारमा रहेको मन्त्रीहरु मुल्यांकन गर्ने समय आएको भन्दै आवस्यकताका आधार मन्त्रीमण्डल परिवर्तन हुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका रावलले आवश्यकता र मूल्यांकनका आधारमा मन्त्रीमण्डल परिवर्तन हुनुपर्ने बताए ।

नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारको पनि समिक्षा गर्ने समय भएके बताए । उनले सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकन नगरी अगाडी बढ्न नसकिने बताए । रावलले सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ तर, सरकारका राम्रा कामहरु जनतासम्म पुगनपुगेको पनि मुल्यांकन हुनुपर्ने बताए ।

रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए । ‘सरकार स्वतन्त्र प्रेसमाथि अटल विश्वास गर्छ । भाषा शैलीले पत्रकारमाथि असर पर्छ भने सरकारले हेर्छु भनेको छ’ उनले भने ‘कुनै पनि नीति बनाउँदा सरकारले सम्बन्धित क्षेत्रमा पर्ने असर लगायतका विषयलाई नजरअन्दाज गर्नु हुँदैन ।’

उनले जनआवाजका आधारमा सरकारले गुठी विधेयक फिर्ता लिएको बताउँदै सरकार जहिले पनि जनताका पक्षमा काम गर्न तयार रहेको बताए । नेकपाको जिल्ला कमिटिहरुको सपथ ग्रहण गराउन जेठ २५ गतेदेखि प्रदेशमा रहेका नेता रावलले अछाम जिल्लाका आठ वटा स्थानमा जनसभा कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।

उनले जिल्ला कमिटिमा वरियताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिसका आधारमा कमिटिमा ल्याउन सक्ने सहमति भएको बताए । सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता रावलले कमिटिको सपथ ग्रहणमा कुनै पनि सदस्यले वहिष्कार नगरेको बताए ।