काठमाडौं । गायक मोहन राईले स्वर भरेको ‘मायाको खेल, आँशुको भेल‘’ गीतको म्युजिक भिडियोमा चल्तीका नायक आयुष्मान देशराज र चर्चित नायिका प्रियंका कार्कीले प्रेम पीडालाई ज्वलन्त प्रश्तुत गरेका छन् ।
दिपेन्द्रनाथ शर्माको शब्द, शास शाक्यको एरेञ्जिङ र कन्काइस्ट राईको संगीत रहेको गीतमा युवाहरुबीचको प्रेम पीडालाई कलाकारद्वयले मार्मिक ढंगले प्रस्तुत गरेका छन् । पेसाले चित्रकार बनेका आयुष्मानले प्रियंकाको मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्याङ्गानासम्ममा उनीकै अनुहार देख्न थाल्छ । आयुष्मानले प्रेम प्रस्ताव राख्ने बेलामा प्रियंका तर्किन्छिन् ।
निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मान जोडी वास्तविक प्रेमीप्रेमिकाको रुपमा उतारेका छन् । यी जोडीको साथमा डा. दिजन र कुसुमले पनि अभिनय गरेका छन् । सुमितराज भट्टले छायांकन गरेका भिडियोलाई विप्लव आर पोखरेलले सम्पादन गरेका हुन् ।
एल्बम ‘मायाको खेल’ मा भने आठ गीत छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरि’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहरुङ राई, मुकेश राईसम्मका गीत समावेश छन् ।
संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन् ।
https://www.youtube.com/watch?v=tBGibNmZf7I
प्रतिक्रिया