देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशमा पनि कांग्रेसको गुट उपगुटको प्रभाव

देशान्तर

कांग्रेसभित्र गुट र उपगुटको प्रभाव विदेशस्थित जनसम्पर्क समितिमा पनि परेको छ । समितिको डेनमार्कमा सम्पन्न विश्वस्तरीय भेलामा जापान, अस्टेलिया, क्यानाडा र बेल्जियमबाट कसैले भाग नलिएपछि विदेशस्थित जनसम्पर्क समितिभित्र विवाद रहेको स्पष्ट भएको हो ।

कार्यक्रम उपसभापति विमलेन्द्र निधि संयोजक रहेको कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो । अन्तिम अवस्थामा आएर बलबहादुर केसी, गगन थापा र प्रदीप पौडेलले कार्यक्रम स्थगित गर्नुभएको थियो । यस्तै महामन्त्री पूर्णबहादुर खड्का पनि कार्यक्रममा सहभागी हुनुभएको छैन ।
सम्मेलनमा पार्टी उपसभापति, महामन्त्री, प्रवक्तासहित एक दर्जन बढी केन्द्रीय नेताहरू सहभागी रहनुभएको थियो । नेपाल बाहिर कांग्रेसको ३३ जनसम्पर्क समिति रहेका छन् ।

सम्मेलनमा २३ देशका दुई सय प्रतिनिधि सहभागी थिए । नेता केसीले डेनमार्क सम्मेलनबारे कही नबोल्ने बताउनु हुदै कसरी र कुन उद्देश्यले कार्यक्रम आयोजना गरिएको त्यसबारे आफुलाई जानकारी नभएको बताउनुभयो । केही समयअघि बेल्जियमको जनसम्पर्क समितिमा उपसभापति निधि र महामन्त्री शशांक कोइरालाको टकराव देखिएको थियो । उपसभापति निधिले बनाएको सम्पर्क समितिलाई काउन्टर दिने गरी महामन्त्री कोइरालाले छुटै संयोजक रहेको विज्ञप्ति निकाल्नुभएको थियो ।