काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले पूर्व एमाले र पूर्व माओवादीबीचको एकता स्वार्थ व्यवस्थित गर्नका लागि मात्रै भएकाले अहिले पनि एकता प्रक्रिया टुङ्गिन नसकेको तर्क गरेका छन् ।
एकीकरण भएको एक वर्ष नाघिसक्दा समेत सिद्धान्त के हो भन्ने कुरा नै थाहा हुन नसक्नु दुर्भाग्य भएको मैनालीले बताए ।
अध्यक्षद्धय ओली र दाहालबीचको स्वार्थ व्यवस्थित गर्नका लागि मात्रै एकता गरिएको मैनालीको भनाइ छ ।महासचिव मैनालीले नेकपा अध्यक्ष दाहालले आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबारे यतिबेला चासो दिनु स्वभाविक भएको बताए । सहमति कार्यान्वयनको वातावरण बनाउनुपर्छ भन्ने दाहालको आशयलाई अन्यथा सोच्न नहुने मैनालीको तर्क छ ।
तर ओली भने उक्त सहमति कार्यान्वयन नगर्ने पक्षमा देखिएको मैनालीले आरोप लगाए । सहमति कार्यान्वयन भएन भने एकतामा आघात पुग्ने मैनालीको जिकिर छ ।
प्रतिक्रिया