देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदर्शनका क्रममा जनतालाई असुविधा भएको भन्दै सभामुखले दिए राजीनामा

देशान्तर

जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले पदबाट राजीनामा दिएका छन् । प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएको बबिबिसीले जनाएको छ । बिबिसीका अनुसार जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिने भएपनि उनले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै समयअगावै पदबाट राजीनाको घोषणा गरेका हुन् ।

रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा विवादास्पद सम्बोधन गरेपछि सभामुख दबाबमा आएका थिए । रुसी सांसदको सम्बोधनको विरोध गर्दै भएको प्रदर्शनका कारण दुई सय ४० भन्दा बढी घाइते भएको र लगातार प्रदर्शन चर्कँदै जाँदा सभामुखले राजीनामा दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यद्यपी यता विपक्षी नेताहरुले भने संसद भंग गर्न र मध्यावधि चुनाव गराउने संकल्प गर्दै प्रदर्शन जारी राखेका छन् ।