देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इंग्ल्याण्डका कप्तान मोर्गनले विष्फोट ब्याटिगं गर्दै हाने शानदार शतक, बनाए यस्तो अनौठो किर्तीमानी

देशान्तर

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार इंग्ल्याण्डले अफगानिस्तानलाई ३९८ रनको चुनौती दिएको छ । पूरा ५० ओभरको खेल खेल्दै इंग्ल्याण्डले अफगानिस्तान विरुद्ध ३९६ जोड्न सफल भएको हो । विशाल चुनौती दिने क्रममा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन विश्व रेकर्ड राख्न सफल भएका छन् ।

इङ्ग्ल्याण्डका लागि सर्वा्धिक १४८ रन बनाएका कप्तान इयोन मोर्गनले विश्वकपको एकै इनिङ्समा सर्वा्धिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमानी समेत बनाए । उनले अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गर्दै कीर्तिमानी बनाएका हुन् । यो कीर्तिमानी यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डि भिलियर्स र वेष्ट इन्डिजका क्रिस गेलको नाममा थियो । जसमा उनीहरुले एकै इनिङ्समा १६ छक्का प्रहार गरेका थिए ।