देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्जली र प्रदिपको ‘अक्सर छाता छुट्ने गर्छ’ सार्वजनिक

देशान्तर

काठमाडाैँ । गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द छ । अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ ।

यो गीतको भिडियोमा मोडलद्धय प्रदिप लामा र अन्जली अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा पानी पर्दै गर्दा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेम देखाइएको छ ।