देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप क्रिकेट : इङ्ल्यान्ड र अफगानिस्तान भिड्दै

देशान्तर

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । आज हुने खेलमा उपाधि दाबेदार आयोजक इङ्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफुलाई बलियो बनाउनले योजनामा हुनेछन् ।

इङ्ल्यान्ड आजको खेलमा अफगानिस्तानलाई पराजित गर्दै लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । इङ्ल्यान्ड यस अघिका ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको ६ अंक सहित अंक तालिकाको चौथो स्थानमा छन् । यता अंक तालिकाको अन्तिम स्थानमा रहेको अफगानिस्तानलाई हराउँदै न्युजिल्याण्डसँग अंक बराबरी गर्ने योजनामा हुनेछ । अफगानिस्तान भने पहिलो जितको योजनामा हुनेछ । यसअघि ४ खेलमा अफगानिस्तानले ४ खेलमा चारै खेलमा पारजित भएको छ ।