देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको विहारमा इन्सेफ्लाइटिसबाट विहारमा ९० बालबालिकाको मृत्यु, दुईसय बिरामी

देशान्तर

विहार । भारतको विहारमा फैलिएको भाइरल इन्सेफ्लाइटिसका कारण ९० जना बालबालिकाको मृत्यु भएको छ ।  करिब दुई सयजना बिरामी छन् । उनीहरु सबै १० वर्ष मुनिका बालबालिका भएको जनाइएको छ । उनीहरुको उपचार विहारका दुईवटा अस्पतालमा भइरहेको छ ।

विहार राज्यका सरकारी अधिकारीहरुका अनुसार धेरैको मृत्यु हाइपोग्लिकेमिया अर्थात् लो ब्लड सुगरका कारण भएको छ । सन् १९७० को दशकमा इन्सेफ्लाइटिस पहिलोपटक देखिएपछि अहिले सम्म विहारमा हजारौं बालबालिकाको मृत्यु भइसकेको छ ।

भारत सरकारले बिरामीका परिवारलाई सम्भावित सबै सहयोग हुने जनाएको छ । पछिल्लो पटक विहारमा इन्सेफ्लाइटिस यही जुन महिनाको शुरुबाट फैलिएको हो । धेरै बालबालिकाको मृत्यु स्थानीय मुजफ्फरपुर क्षेत्रमा भएको छ । मनसुनको बेलामा अधिकांश समयमा यो प्रकोप विहारमा फैलिने गरेको बीबीसीले जनाएको छ ।