काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले बताएकोछ ।
संसद बैठक बिहान ११ बजे बस्दै छ ।
चर्केको गुठी आन्दोलनका विषयमा सोमबार प्रधानमन्त्री ओलीले भूमि सुधार मन्त्री पद्मा अर्यालसहित काठमाडौँका जनप्रतिनिधिहरुसँग दिनभर विभिन्न चरणमा छलफल गरेका थिए ।
छलफलमा गुठी विधेयकबारे मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बताएका प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्न लागेका हुन् ।
यो विधेयकका विरुद्ध आन्दोलनमा रहेका गुठीयारहरुले भोलि (बुधबार) काठमाडौँमा विशाल विरोध प्रदर्शनको घोषणा गरेका छन् । त्यसको अघिल्लो दिन प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया