देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘द भ्वाइस अफ नेपाल’मा कोच अभया र सनुपको ठाउँमा राजु र आस्था आउँदै

देशान्तर

काठमाडौँ ।  सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’ सिजन– २ को औपचारिक घोषणा गरिएको छ । शो प्रशारणको घोषणा गरिए पनि प्रशारण हुने मिति भने तय भइनसकेको जनाइएको छ ।

‘द भ्याइस अफ नेपाल’ सिजन– २ मा दुईजना कोच परिवर्तन भएका छन् । सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद रहेका थिए । उक्त चारजना मध्ये दुईजना दीप श्रेष्ठ र प्रमोद खरेल सिजन–२ मा कोचकै रुपमा यथावत रहेपनि बाँकी दुईजना अभया सुब्बा र सनुप पौडेल भने बाहिरिएका छन् ।
उनीहरुका ठाउँमा राजु लामा र आस्था राउत कोचका रुपमा ‘भाइस अफ नेपाल’को सिजन–२ मा भित्रिएका छन् ।

‘डिजिटल अडिशन’ सम्पन्न गरिसकेको ‘द भ्वाइस अफ नेपाल’ले उक्त अडिशनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिसकेको छ । निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए ।
ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।
गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चार जना बाहिरिने छैनन् ।
“गत वर्ष लाइभ शोमा एकै दिन चार जना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने ‘फम्र्याट’ ल्याउँदैछौं,” निर्देशक पौडेलले भने । यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने छन् । कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ ।