देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी हुन् प्रेमगीत ३ का हिरो

देशान्तर

काठमाडौं । २०७६ कै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु प्रस्तुत गरेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा प्रतिभाशाली युवा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनीसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभब छ ।

दर्शकले अत्याधिक रुचाएको प्रेमगीत सिरिजको तेश्रो श्रृखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा इन्ट्री गराएको हो । निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् ।

‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ ।

चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् ।

प्रेम गीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ ।

प्रेम गीतका यस अघिका दुई फिल्ममा अभिनेता प्रदीप खड्काले अभिनय गरेका थिए । दुवै फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए ।