वेलिङ्टन। न्यूजिल्याण्डमा दुईवटा साना विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ ।
न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आससमा ठोक्किएको अधिकारीले जनाएका छन् । विमान एक आपसमा ठोक्किएपछि जमिनमा खसेका थिए ।
त्यसपछि दुर्घटनाग्रस्त विमानमा आगलागी भएको जनाइएको छ । सोही विमानस्थलमा अवतरण गर्न लागेको अर्को हेलिकोप्टर भने सुरक्षित रहेको जनाइएको छ ।
विमान दुर्घटना हुनुअघि एउटा विमानमा रहेका चार प्याराशुटरले हाम फालेका थिए । मारिनेमा दुबै विमानका पाइलट रहेको जनाइएको छ । प्रहरीले मृतकको पहिचान सार्वजनिक गरिसकेको छैन । विमान दुर्घटना हुनुको कारणबारे पनि स्पष्ट खुलाइएको छैन ।
प्रतिक्रिया