देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इबोलाबारे विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक

देशान्तर

जेनेभा । अफ्रिकी मुलुकहरु प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा इबोलाका बिमारी फेला परेपछि विश्व स्वास्थ्य संगठन एब्लूएचओको आकस्मिक बैठक डाकिएको छ ।

बैठक शुक्रबारका लागि स्विट्जरल्याण्डको जेनेभामा डाकिएको बताइएको छ । बैठकले पछिल्लो इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटको घोषणा गर्ने वा नगर्ने विषयमा निर्णय लिने जनाइएको छ । इबोलाका कारण पछिल्लो पटक युगाण्डामा दुई बालकको ज्यान गएपछि बैठक डाकिएको हो ।

शुरुमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मात्र इबोलाको संक्रमण देखिएको थियो । पछि युगाण्डामा समेत इबोलाका बिमारी देखिएपछि यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटका रुपमा घोषणा गर्नेबारे बैठक डाकिएको जनाइएको छ ।