काठमाडौं । उच्च अदालत पोखराले रिहा हुन आदेश दिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका ९ कार्यकर्तालाई पुनः प्रहरीले पक्राउ गरेको छ ।
न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई छाड्न आदेश दिएपछि पक्राउ पर्ने डरले बार एसोसियसनको कार्यालयमा शरण लिएर बसेका थिए ।
दर्जनौ प्रहरीले अदालतलाई घेरा हालेर रातको १२ बजेसम्म बसिरहे पनि अन्तिममा बारको कार्यालय खोलेर ९ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ २५ गते कास्कीको घान्द्रुक उरीबाट पक्राउ परेका १८ जनामध्ये रिहा हुने आदेश पाएका जंगबहादुर भण्डारी आक्रोश, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मीलन राई छन् ।
उनीहरु सबै विप्लव समर्थित विद्यार्थी संगठनका नेता हुन् ।
प्रतिक्रिया