काठमाडौं । नेपाली कांग्रेसका सांसद् उमेश श्रेष्ठले आत्मनिर्भर हुनेगरी कृषि उत्पादन नबढेसम्म समृद्धि असम्भव रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै श्रेष्ठले आगामी वर्षको प्रस्तावित बजेट कृषिमा केन्द्रीत रहेको भनिएपनि कार्यान्वयन हुने अवस्था नरहे जिकिर गरे ।
‘कृषि तथा पशुपन्छी विकाशको क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ । खाद्य अधिकार,गरिबीको अन्त्य, कृषक परिवारको आयस्तर बृद्धि, सवल अर्थतन्त्र निर्माण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, कृषिजन्य जमिनको उपयोग, सिंचाइ, ग्रामिण सडक र बिद्युतिकरण, उत्पादनको बजार तथा भण्डारण, कृषि सामाग्रिमा अनुदान, कृषि व्यवसायमा सहुलियत ऋण तथा यान्त्रिकीकरणमा पुँजिगत अनुदानमा कृषिको बजेट केन्द्रीत छ भनेर अर्थमन्त्री ज्यूले ज्यादै मिठामिठा शब्दहरु उल्लेख गर्नुभएको छ । सर्सति हेर्दा कृषिक्षेत्रको विकाशका लगि अर्थमन्त्रीले वजेटमा उल्लेख गर्नुभएका सवालहरु एकदमै राम्रो सुनिन्छ । अनुभवि र अर्थविद अर्थमन्त्रीले कृषिको विकासका लागि के गर्नुपर्ने हो त ? भनेर नजान्ने कुरै भएन । तर समस्या कार्यान्वयनमा छ’, उनले भने ।
उनले कृषि विकासको कुरा मात्र भएको तर काम हुन नसकेको बताए । ‘कृषि विकासका कुरा मात्र भए काम भएन । दुइ तिहाइ श्रमशक्ति अर्थात नेपालको कुल जनसख्याको ६६ प्रतिशत जनशक्ति कृषिक्षेत्रमा आश्रीत छ । सरकारी तथ्याङमा ३३ लाख वास्तबमै भन्ने हो भने ४२ लाख वढी परिवार त कृषि परिवार छ हाम्रो देशमा । करिब ३४ लाख हेक्टर खेतियोग्य जमिन छ हामिसँग । कृषि विकासको जग भनेको भूमि हो भने उत्पादक शक्ति किसान हो । तर न हामिले भूमिलाइ उत्पादनमुलक काममा लगाउन सकेका छौ न किसानको मर्का बुझेका छौ न त उनिहरुलाइ प्रोत्साहन गर्न नै सकेका छौ’, उनले भने ।
सांसद् श्रेष्ठले नेपाल र नेपाली गरिब नभएर पनि गरिब भएको उल्लेख गर्दै कृषिमा आत्मनिर्भर नभई मुलुक समृद्ध हुन नसक्ने बताए । उनले नेपाल कृषिमा परनिर्भर बन्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । ‘वडो डरलाग्दो तथ्याङ छ हामिसँग, कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत भुमिका रहेको छ कृषि क्षेत्रको । तर वार्षिक सरदर ३० अर्बको चामल, १० अर्बको तरकारी र ४ अर्बको फलफुल लगायतका कृषिउपज हामिले आयात गरिरहेको तथ्याङक छ’ उनले भने, ‘अब मलाइ भन्नोस अर्थमन्त्री ज्यू हाम्रो बजेट कृषि तथा पशुपन्छी विकाशको क्षेत्रमा जम्माजम्मि ३५ अर्ब, अनि हामिले आयात गर्ने कृषिजन्य खाद्यान्न, तरकारी र फलफुलको हिस्सा मात्रै ४४ अर्ब वढि । यस्तो हालत भएपछि कसरि आउछ समृद्धि ?’
यस्तो अवस्थामा सरकारको ध्यान कृषिमा आत्मनिर्भर कसरि बन्ने । उत्पादन कसरि वढाउने र अझै हाम्रा कृषि उपजहरुलाइ अन्तराष्ट्रिय बजारसम्म कसरि पुर्याउने भन्नेमा केन्द्रित हुनुपर्ने उनले जिकिर गरे ।
शक्तिशालि र स्थिर भनिएको सरकारका विज्ञ अर्थमन्त्रीले ल्याएको कृषि क्षेत्रको बजेट कछुवा जस्तो घिस्रने खालको मात्र भएको उनले बताए। ‘जनअपेक्षा र हामिले फड्को मार्नु छ जेटको उडानजस्तो । तारतम्य मिल्यो र अर्थमन्त्री ज्यू ?’, श्रेष्ठले प्रश्न गरे ।
प्रतिक्रिया