देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र बेलायती समकक्षी मेबीच भेटवार्ता

देशान्तर

लन्डन ।  प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। नेपालको सबैभन्दा पुरानो दैत्य सम्बन्ध स्थापना भएको बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मेसँग मंगलबार भेटवार्ता भएको हो। भेटमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

यसका साथै भेटमा नेपाल भारत र बेलायतबीचको सन्धि पुनरवलोकन तथा समीक्षा गर्ने विषयमा समेत छलफल भएको बताए। यसका साथै प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयको सभामा समेत सम्बोधन गरेका छन्। शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको सम्बोधनमा उल्लेख गरेका थिए।

अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेको बताए।

विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन्। स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री ओलीलाई बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित रहेका थिए।