काठमाडाैँ । कर्मचारी अभाव देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन्। कार्यालय सहयागीले भने मोठ स्रेस्ता भिडाउँछन्। यो खबर आजको कान्तिपुर दैनिकमा काभ्रेबाट नगेन्द्र अधिकारीले लेखेका छन्।
सेवाग्राहीबाट खाजाखर्च पाउने नभएकाले उनीहरुबीच कामका लागि तँछाडमछाडसमेत हुने गरेको छ। प्रमुख मालपोत अधिकृत ध्रुबप्रसाद कोइरालालाले सिद्धान्त र विधिले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे।
४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन्।
प्रतिक्रिया