देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्माण व्यवसायी महासंघले आन्दोलन फिर्ता लियो

देशान्तर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो । सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरुको मुख्य माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनु भयो । महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको व्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
महासंघले आफूहरुको सबै माग सार्वजनिक खरिद ऐन संशोधनको बेला सम्बोधन गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको पनि स्पष्ट पारेको छ । अध्यक्ष सिंहले भुक्तानी गर्न बाँकि रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । कालो सूचिमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिनेलगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो ।