देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीके राउतलाई तत्काल विश्वास गर्नु नसकिने भीम रावलको भनाइ

देशान्तर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिएका छन् ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले भने, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उनले थपे, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन ।”

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गरे ।

“सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ”, उनले भने, “समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ ।”

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । उनले भने, “पश्चिम सेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।”

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताए ।

पार्टीले गलत ग¥यो भने खबरदारी गर्नुपर्छ भन्दै उनले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गरे ।

उनले सीके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिए ।