देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावका बेला कांग्रेसले भनेको सत्य सावित भयोः डा.डिला संग्रौला

देशान्तर

चुनावको प्रचार गर्दैगर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आयो भने मान्छे रुनुपर्छ भन्नु भएको थियो र त्यो बेला मान्छे हाँसेका पनि थिए । तर, अहिले उनीहरू रोइरहेका छन् । आज पत्रकारले पनि यो विषयलाई हो भनिरहेका छन् । नागरिक समाजदेखि हरेक मजदुरहरूले पनि हो भनिरहेका छन् ।

कांग्रेसको जागरण अभियानमा कार्यकर्ताले तपाईंहरूलाई गुट अन्त्य गरेर गाउ“ आउन सुझाव दिएका छन् । तर, कार्यकर्ताको सुझावलाई ग्रहण गर्नु भएको छैन । यस्ता अभियानले कांग्रेस कसरी सुध्रिन्छ ?

यो जागरण अभियानबाटै संगठनको सुदृढीकरणमा रहेकाले कार्यकर्ताहरूले दिएका सुझावलाई नमान्ने भन्ने प्रश्न नै आउँदैन । हामीले कार्यकर्ताले दिएको सुझावलाई मनन् मात्र गरेका छैनौं भोलि केन्द्रीय समितिको बैठक बसेको समयमा पनि यी विषयमा छलफल हुन्छ । कार्यकर्ताविहीन भएर पार्टी चल्न सक्दैन । अहिले हामी नेपाली कांग्रेसका सिद्धान्त तथा नीतिहरूको समीक्षामा छौ । आगामी रणनीतिका विषयमा कार्यकर्ताहरूलाई जानकारी गराइरहेका छौं ।

यो अवस्थामा पार्टीको नेतृत्व यसरी आइदिए तल्लो तहमा रहेका कार्यकर्ताहरूलाई पार्टीले लिएका विषयहरूमा बुझाउन र भन्न सजिलो हुने थियो भन्ने अभिलाषा पक्कै छ । यसलाई पूरा गराउनका लागि हामी जागरण अभियानमार्फत देशभरिका जिल्लाजिल्ला र गाउँगाउँमा पुगिरहेका छौ ।

नेता र कार्यकर्ताको बीचमा हुनुपर्ने सम्बन्धको विस्तारमा जुटेका छौं । कांग्रेसलाई कसरी बलियो पार्टी बनाउने, कसरी कांग्रेसप्रति जोस, जागर बढाउने र यो पार्टीलाई एकमात्र बलियो पार्टी कसरी बनाउने भन्ने कुरालाई हामीले कार्यकर्ता र जनताका माझमा जागरण अभियानमार्फत लागेका छौं र यसमा कार्यकर्ताहरूका थुप्रै सुझावहरू हामीलाई प्राप्त पनि भएका छन् ।

पार्टीको यसरी समीक्षा हु“दै गर्दा महाधिवेशनमा जाने बेला भएन ? कार्यकर्ताले त चा“डो महाधिवेशनको वातावरण बनाऊ पनि भनिरहेका छन् नि ?

यो अभियानमा महाधिवेशनका विषयमा धेरै कुरा उठेका छैनन् । अहिले पहिलो चरणको जागरण अभियान मात्रै सकिएको छ । योबाहेक अरू दुई चरणका कार्यक्रम बाँकी नै छन् । दोस्रो चरण भदौ २४ बाट सुरु हुन्छ भने तेस्रो चरणको कार्यक्रम पुसको १६ बाट सुरु हुन्छ । यी अभियानहरूबाट हामीले आम कार्यकर्ता शुभेच्छुक र जनतामा आफ्ना विचारहरू लानेछौं र भन्ने छौं कि कांग्रेस बिना देशमा लोकतन्त्र सुरक्षित छैन ।

प्रेस सुरक्षित छैन । मानवअधिकार सुरक्षित छैन । सुरक्षा निकायमा हस्तक्षेप बढिरहेको छ । नेपालको अस्तित्व बोकेको एकमात्र नेपाली सेनालाई फेरि चलाउने खेल सुरु हुँदैछ । विकासको नाम दिने सरकारले विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका निर्माण व्यवसायीहरूमाथि राजनीति गर्दैछ । यस्ता धेरै विषयहरू छन् जुन मत दिने समयमा जनताले ओली नेतृत्वको सरकारले गर्छ भन्ने विश्वास लिएका थिए ।

अहिले कांग्रेस गाउँगाउँ जाँदा हिजो कम्युनिस्टलाई मतदान गर्ने जनताहरू अहिले पछुताउन थालेका छन् । केन्द्रमा मात्र हैन सरकारको रवैया स्थानीय तहसम्म उही रूपमा बढेर गएको छ । जननिर्वाचित जनप्रतिनिधिहरू आफूलाई राजा महाराजा ठान्न थालेका छन्, जनतालाई गन्न छाडेका छन् । यी सवै विषयवस्तु पनि कांग्रेसको जागरण अभियानमा ओकलिएका छन् । जनता आजित भएपछि कांग्रेस आउँछ कि भन्ने आशामा छन् ।

पहिलेभन्दा सुधारिएर आओस् भन्ने चाहना जनतामा छ । कांग्रेसभित्रको गुटबन्दी अन्त्य होस् भन्ने चाहना जनता र कार्यकर्तामा छ । त्यसकारण अहिले तलदेखि माथिसम्म महाधिवेशनको मुद्दा मुख्य बनेको छैन । बरु पार्टी सुधारियोस् भन्ने चाहना धेरैमा भएको पाइन्छ ।

कार्यकर्ताको माग केन्द्रको विवाद अन्त्य होस् भन्ने हो भने त तपार्इं्रहरूले केन्द्रीय समितिको बैठक डाकेर छलफल गराउन सक्नुहुन्थ्यो, त्यो पनि गर्नु भएको छैन । तपाईंहरू केन्द्रीय सदस्य नै गुटैगुटमा विभाजित हुनुहुन्छ ?

हो, गुटकै कारण कांग्रेस अहिलेको अवस्थामा पुगेको हो भन्ने कुरामा मेरो पनि दुई मत छैन । तर, गुटले गर्दा कांग्रेस नै छैन भन्ने कुरालाई म स्वीकार गर्न सक्दिनँ । कांग्रेस जहाँसुकै छ । कांग्रेस जनताको मनमनमा छ । कांग्रेस हारेर न सकिएको छ न त मासिएको नै छ । र, कांग्रेसलाई चुनावमा हराउन सक्ने कोही होलान् तर, विचारमा, सिद्धान्तमा कांग्रेसलाई हराउन सक्ने शक्ति नेपालमा छैन । म कर्णालीदेखि सप्तरीसम्म यो अभियानका क्रममा आइपुग्दा कांग्रेस दिनप्रतिदिन बलियो हुँदै गएको पाएकी छु ।

कांग्रेस खुल्ला पार्टी हो । यो विचार र बहसका लागि महासागर हो । केन्द्रमा केही विवादहरू हुन्छन् र छन् पनि । तर, दुईचार नेतामा पार्टीका केही विषयमा कुरा मिलेन भन्दैमा कांग्रेसले अब केही गर्न सक्दैन भन्ने हँुदैन । अहिले आम कार्यकर्तामा पनि यही भावना छ । शीर्ष नेताहरू केन्द्रमा जति झगडा गरून् त्यो हामीलाई मतलव छैन । तर, पार्टी कार्यालय वा कुनै बैठकबाट बाहिरिँदा कांग्रेसको एकल धारणा आउनुपर्छ र तल आउँदा पार्टीको नेता भएर आउनुप¥यो । कुनै गुटको नेता भएर आउनु भएन भन्ने कार्यकर्ताको माग हो ।

यो विषयमा अब चाँडै केन्द्रीय समितिको बैठक बस्छ । हामी कार्यकर्ताले राखेका विषयहरू बैठकमा राख्छौं र नेताहरूलाई कार्यकर्ताको मागअनुसार चल्न दबाब पनि दिन्छौं । यो कुरा केन्द्रीय नेताहरूले पनि बुझिसक्नु भएको छ । आशा गरौं, उहाँहरूबाट पक्कै पनि पार्टीका लागि केही कमिटमेन्ट आउने नै छ ।

पहिलो चरणको जागरण अभियान सकि“दै गर्दा कार्यकर्ताको सुझावअनुसार पार्टी नेतृत्वमा केही परिवर्तन आउ“छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

आउँछ हैन, आउनुपर्छ । अहिले सबै जनाले कमिटमेन्ट पनि गर्नु भएको छ । तलबाट जसरी सुझावहरू आएका छन् त्योअनुसार नेताहरू चल्नुहुन्छ भने मलाई किन लागिरहेको छ भने अहिले सबैतिरबाट कांग्रेसको खोजी भइरहेको छ । सरकारले गरेका हरेक कामबाट जनता आजित भएको अवस्था छ र योभन्दा कांग्रेस धेरै ठीक रहेछ भन्ने आवाज पनि हामीले यो जागरणको क्रममा सुनेका छौं ।

सरकारले अहिले जनतालाई सुशासन दिन नसकेको, समृद्धि दिन नसकेको र भ्रष्टाचारमा मुलुक डुबेको बताइरहेका छन् । अहिले काठमाडौंमा बसेर गाउँको जसरी विश्लेषण गरिँदैछ, गाउँ त्यस्तो छैन । गाउँगाउँमा अहिले सरकारप्रति वितृष्णा छ । प्रधानमन्त्रीले भनेजस्तौ अहिले कोही असन्तुष्ट र गरिबीमा छैनन् भन्ने कुरा गाउँमा छैन । काठमाडौंबाट भन्दा यो सरकारको मूल्यांकन गाउँबाट भइरहेको हामीले यो जागरण अभियानको क्रममा पाएका छौं । कम्युनिस्टलाई दुई तिहाइ दिँदा पनि मुलुक नबन्ने रहेछ भन्ने अहिले सबै जनताले बुझिसकेका छन् । त्यसकारण कांग्रेस नेतृत्व अब बाध्य भएर पनि सुध्रनुपर्ने अवस्था आएको छ ।

माथिका सबै गुटबन्दीहरू अन्त्य गर्नुपर्ने बेला आएको छ । अहिले पार्टीभित्र यही प्रश्न सबैभन्दा दह्रिलो भएर गएको छ कि यो समयमा पनि नेताहरू मिलेनन् र जनतालाई धोका भयो भने गुटबन्दीमा लागेका नेताहरूले अब पार्टीमा हैन आफैं घरघरमा गएर राजनीति गरे हुन्छ । त्यहाँ भए परिवारवादको राजनीति गर्न पनि सजिलो हुन्छ । हैन देशका लागि राजनीति गरेको हो भने कांग्रेसका सबै विषयहरू एक हुनुपर्छ । कार्यकर्ताको माग पनि यही हो ।

नेताहरू सुध्रिनुपर्छ भन्ने आवाज अहिले हैन पहिले पनि आएका हुन । तर, पार्टी चलायमान हुन संगठन चाहिन्छ । कांग्रेसमा माथिदेखि तलसम्मै संगठनहरू भताभुंग छन् । यसले पूर्णता कहिले पाउ“छ ?

कांग्रेस पार्टी अहिले पनि नयाँ संविधानअनुसारको संरचनामा गएको छैन । यो किन गएन भन्नेमा अब धेरै व्याख्याको आवश्यकता पनि छैन । जसरी बने पनि पार्टीको नयाँ विधान बनेको छ । त्यसलाई स्वीकारेर जानुको अब विकल्प पनि छैन । विधानमा भएका केही प्रावधानअनुसार पहिलो जागरण अभियान सम्पन्न भएको छ । कांग्रेसले आफूलाई कसरी मजबुत बनाउने र धेरैभन्दा धेरै सदस्यता वितरण गर्ने भन्ने कुरा पनि विधानमा छ ।

अहिले त्यसैको एउटा स्वरूप हो जागरण अभियान पनि । यसबाट हामीले कांग्रेस यो हो र यसले यस्तायस्ता काम गर्छ भनेर जनतालाई भन्न पाएका छांै । अहिलेकै अभियानमा पनि धेरैले कांग्रेसको सदस्यता बन्ने इच्छा जाहेर गर्नुभएको छ । सहिद र बूढापाकालाई सम्मान गर्ने कुरा पनि विधानअनुसार भएको छ । युवा जागरण पनि यहीभित्र छ । महिला जागरण पनि यही भित्र छ । सबै जातजाति भाषी दलित र पिछडावर्गसम्मका कार्यक्रमहरू विधानमा छन् र अहिले हामीले पनि सम्पन्न गरेको पहिलो जागरण अभियानमा पनि यी कुराहरूलाई प्राथमिकता दिएका छौं ।

जहाँसम्म केन्द्रीय विभाग र संगठनहरू गठनको विषय छ । अब पहिलो चरणको जगरण अभियान सकिएको छ र दोस्रो आउन बाँकी छ । यो बाँकी समयभित्र केन्द्रीय समितिको बैठक बसेर सबै काम सम्पन्न गर्छ । संघीय संरचनाअनुसार अहिले हामी संक्रमणकालीन व्यवस्थाअनुसार चलिरहेका छौ तर अब छिट्टै संघीय संरचनामा नेपाली कांग्रेस जान्छ ।

भ्रातृ संस्थाहरूको महाधिवेशन कहिले सम्पन्न होला ?

यो अब बस्ने केन्द्रीय समितिले निर्णय गर्छ । नेविसंघको तदर्थ समिति पनि बनेको छैन । किसान संघको महाधिवेशनको तयारी भइरहेको छ । तरुण दल, महिला संघ र अरू संस्थाहरूको पनि निर्वाचन गराउन ढिला भएको छ । भ्रातृ संस्थाको महाधिवेशनको विषयमा हामी दोस्रो चरणको जागरण अभियानभन्दा अगाडि कहिले गराउने भन्ने विषयको निर्णय गर्छौ ।

यो जागरणका क्रममा तपाईं धेरै गाउ“ पुग्नु भएको छ । अहिलेको सरकारप्रति जनताको भनाइ वा मूल्यांकन कस्तो छ । उनीहरूस“ग प्रत्यक्ष भेट्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?

गुनासो जनताको धेरै छ । कांग्रेससँग पनि छ र सरकारसँग पनि छ । कांग्रेससँग अहिलेसम्मका आन्दोनबाट प्राप्त उपलब्धिहरूमा नेतृत्वदायी भूमिकामा रहेको कांग्रेसले अहिले ती अधिकारहरू सरकारले हनन् गर्न खोज्दा कांग्रेसले राम्रो भूमिका खेल्न सकेन भन्ने चिन्ता आम जनतामा छ र उनीहरू कांग्रेस बलियो भएर आइदिए लोकतन्त्रको रक्षासम्म हुने थियो भन्ने उहाँहरूको गुनासो छ ।

जनताको यो गुनासोले हामीलाई थप ऊर्जा पनि दिएको छ र हामीले साँच्चै जनताको भावनालाई कदर गर्न नसकेको हो भन्ने कुरामा समीक्षा गर्ने बाटो खुलाएको छ । अर्को सरकारप्रति जनताले राम्रो भनेका छैनन् । उहाँहरूलाई कम्युनिस्टलाई मत दिएर गलत गरिएछ भन्ने परेको छ । सरकारप्रति जनताको यस्तो गुनासो आउनुका पछाडि केही कारणहरू पनि छन् जुन उनीहरूले भनेका छन् ।

बिना आधारभन्दा प्रतिपक्षले आरोप मात्रै लगाउँछ भन्ने पनि पर्न सक्छ तर, म तथ्यका आधारमा भनिरहेकी छु कि अहिले तीनै तहमा नेकपा नेतृत्वको सरकार छ । तर, स्थानीय तह र प्रदेश सरकारलाई बलियो बनाउन सरकार लागेको छैन र पहिले संघीयतामा जानुभन्दा अगाडिका अधिकारहरू पनि सरकारले खोस्यो भन्ने गुनासो जनताको छ । ओली सरकारले जति पनि विधेयकहरू ल्यायो ती सबै केन्द्रमुखी भएर यसले संघीयताको सुरक्षा गर्दैन भन्ने उहाँहरूको गुनासो छ ।

स्थानीय तहका जनप्रतिनिधिले पनि रवैया देखाउने र आफ्ना लागि मात्रै काम गरेको भन्ने जनताको गुनासो छ भने प्रतिनिधिहरूको हामीलाई कुनै पनि अधिकार दिइएन भन्ने गुनासो छ । प्रदेशका मुख्यमन्त्रीहरूको गुनासो त सबैतिर आइसकेकै छ । जनताका आधारभूत आवश्यकताहरूप्रति यो सरकारले ध्यान दिएन र भ्रष्टाचारका काण्डमात्रै मच्चाइरहेको मच्चायो भन्ने छ ।

धेरैजसो आफूले दिएको मतमा असन्तुष्ट छन् । जंगलमा बसेको माओवादीलाई सरकारमा ल्याएर शान्ति दिएको कांग्रेसलाई मतदान नगर्नु भूल थियो भन्ने कुरा जनातामा परेको छ । यसले पनि कांग्रेस अहिलेकै अवस्था बसेर हँुदैन भन्ने मूल शिक्षा दिएको छ ।

कांग्रेस यो सरकार अधिनायकवादतिर गयो भन्छ, अधिकारकर्मी र विश्लेषकहरू ओली सरकार कम्युनिस्ट ब्लकमा गइसक्यो भन्छन्, तपाईंको विचारमा यो सरकारप्रति टिप्पणी के छ ?

यसमा म पूर्ण सहमत छु । चुनावको प्रचार गर्दैगर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आयो भने मान्छे रुनुपर्छ भन्नु भएको थियो र त्यो बेला मान्छे हाँसेका पनि थिए । तर, अहिले उनीहरू रोइरहेका छन् । आज पत्रकारले पनि यो विषयलाई हो भनिरहेका छन् । नागरिक समाजदेखि हरेक मजदुरहरूले पनि हो भनिरहेका छन् ।

कम्युनिस्ट सरकारलाई दुई तिहाइ भनेर मत हाल्ने मतदाता पनि रोइरहेका छन् । आखिर ढिला भए पनि कांग्रेसको भनाइ त सत्य सावित भयो । हामीले पढेको भोगेको कुरा एउटा तरबारमा भन्दा कलममा तागत हुन्छ तर, अहिले त्यो कलम त मर्न लाग्यो । लोकतन्त्रको गहना भएको स्वतन्त्र न्यायपालिका हो, नागरिक समाज हो तर, ती सबै अहिले किन रोइरहेका छन् ? । हिजो मत हाल्दा छाती फुकाएकाहरू अहिले किन पश्चाताप गरिरहेका छन् ? यी सबै किन दुःखी छन् भने सबैले चाहेको स्वतन्त्रता हो ।

तर, कम्युनिस्ट सरकारमा स्वतन्त्रता हुँदैन । पशुपति शर्माको गीतले त नेपालमा भ्रष्टाचार छ भनेको थियो तर, उनको गीत नै बज्न पाएन । यसको अर्थ के हो भने अहिले नेपालमा कानुनी राज्य छैन । लोकतन्त्र छैन । निमुखालाई न्याय छैन । लुट्न सके लुट भन्ने तन्त्रमात्रै हावी भएको छ । यी लोतन्त्रका कुरा भए तपाईंले भनेजस्तो यो सरकार कम्युनिजममा गयो कि गएको छैन भन्दा हामी कूटनीतिक विस्तारलाई हेर्नुपर्छ । अहिले प्रजातान्त्रिक मुलुकहरू धमाधम नेपालको विपक्षामा गइरहेका छन् र सरकारले भेनेजुएला र भियतनामको बाटो समाती रहेको छ । अ

हिले एउटा नेपाली भारतबाट जहाज चढेर नेपाल आउन नपाउने भएको छ । यस्तो अहिलेसम्मको इतिहासमा कहिले भएको छ । नेपालीले मात्र हैन विदेशीले पनि कम्युनिजम मोडमा गएको सरकारलाई रुचाएका छैनन र रुचाउँदैनन् भन्ने यो उदाहरण मात्रै हो । अमेरिकामा पत्रकारलाई मृत्युदण्डको कानुन छ भनेर नेपालको संविधानको व्याख्या गर्न मिल्छ ? त्यसकारण के बोल्ने र के नबोल्ने भन्ने कुरा नै थाहा नभएको यो सरकारको टिप्पणी गर्नु भनेको समयको बर्बाद मात्रै हो ।

अहिले नेकपाका दुई अध्यक्षको विवादलाई लिएर सत्ता परिवर्तन वा मध्यावधि निर्वाचनको कुरा आइरहेको छ । यसमा नेपाली कांग्रेसको धारण के हो र कस्तो भूमिका निर्वाह गर्छ ?

यो गम्भीर प्रश्न हो । पार्टीले यो विषयमा के निर्णय गर्छ त्यो अहिले भन्न सक्ने अवस्था भएन । तपाईंले भने जस्तै अहिले नेकपाका दुई अध्यक्षबीचको विवादले दुईवटा प्रश्न पक्कै पनि खडा गरेको छ । पहिलो यदि उहाँहरूबीच सहमति भएन भने पार्टी फुट्छ र दाहालले यो सरकार ढाल्नका लागि अरू दलसँग समीकरण गर्नु हुन्छ ।

यो अवस्था आएमा प्रधानमन्त्री ओलीले सहजै सत्ता छोड्ने कुरा पनि आउँदैन र उहाँले मध्यावधि निर्वाचनको घोषणा पनि गर्न सक्नुहुन्छ भन्ने कुरा विभिन्न फोरमहरूमा कुरा उठिरहेका छन् । तर, मेरो व्यक्तिगत विचारमा कांग्रेस यी दुवै विषयमा फस्न हुँदैन र प्रतिपक्षमा बस्नुपर्छ । अहिले कांग्रेसलाई जनताले प्रतिपक्षको भूमिका दिएकाले अर्को निर्वाचनमा नआउन्जेलसम्म कांग्रेस यस्तो फोहोरी खेलमा सामेल हुने छैन । हामी सत्ता परिवर्तनको फोहोरी खेलहरू योभन्दा अगाडि धेरै खेलिसकेका छांै र जुन कुरालाई जनताले रुचाएका थिएनन् ।

अब पनि रुचाउँदैनन् । जनताबाट म्यान्डेट पाएको नेकपाले पूरै कार्यकाल काम गर्न पाउनु पर्छ । उसका रचनात्मक कामलाई कांग्रेसले सहयोग गर्दै जानु पनि पर्छ । त्यसकारण सत्ता समीकरणको विषय होस् वा मध्यावधिको विषय । यी दुवै कुरा कांग्रेसका लागि मान्य हुने छैनन् भन्ने मेरो मान्यता हो र पार्टी यो दिशातर्फ जाँदैन पनि । उहाँहरूलाई सरकार चलाउन अधिकार छ त्यो अधिकारमा कांग्रेसले हस्तक्षेप वा कुनै राजनीति गर्न मिल्दैन ।

तपार्इं नेपाली कांग्रेसले गठन गरेको छाया“ सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको छाया“ मन्त्री पनि हुनुहुन्छ । अहिलेसम्म त्यो मन्त्रालय अन्तर्गत के के काम गर्नुभयो ?

यो विषयमा मैले संसद्मै भनेकी छु कि अब नेपालले श्रम गन्तव्य मुलुकमा हाम्रा युवाहरूलाई पठाउने हैन कि नेपाललाई नै श्रमको गन्तव्य मुलुक बनाउनु पर्छ । अहिलेसम्म हामीले जति युवालाई वैदेशिक रोजगारमा पठायौ त्यसमा ६० प्रतिशतले भनेको जस्तो काम पाएका छैनन् । उनीहरू श्रममा ठगिएका छन् । तर, नेपाल सरकारले केही गर्न सकेको छैन । पछिल्लो समयमा यो सरकार गठन भएपछि कामदार पठाउँदा निःशुल्क पठाउने भनेको थियो । तर, विदेश जाने युवाहरू नेपालभित्र ठगिएका छन् यसको अन्त्य गर्नुप¥यो भन्ने मेरो माग हो ।

अर्को विगत एक वर्षदेखि सबैभन्दा बढी नेपाली कामदारहरू जाने मलेसियामा अहिले कोही पनि जान पाएका छैनन् । एक वर्षको अवधि सबै नयाँमात्रै त्यहाँ जान खोजेका थिए भन्ने हैन कतिपय मलेसियामा कार्यरत नेपाली युवाहरू एक महिनाको बिदा लिएर नेपाल आएका थिए उनीहरूले समेत जान नपाउने अवस्था सरकारले खडा ग¥यो ।

एकातिर यतिलाई रोजगार दिने भनेर सरकारले कार्यक्रम ल्याउने अर्कोतिर दिनानुदिन नेपाली युवाहरू बेरोजगार बन्दै जाने नीति ठीक भएन भन्ने मेरो प्रश्न हो । उनीहरू जान त पाएनन् तर किन पाएनन् र अहिलेसम्म के भइरहेको छ भन्ने कुरा सरकारले जानकारी गराउनु पर्ने हो तर, अहिलेसम्म संसद्लाई यो विषयमा के भइरहेको छ भन्ने जानकारी आएको छैन ।

अर्को महत्वपूर्ण पक्ष के छ भने कुनै पनि युवाले निःशुल्क भिसा र टिकट पाउने भनेर सरकारले फुकेको छ । तर, स्वास्थ्य परीक्षणको नाममा लाखांै युवाहरू ठगिएका छन् र उनीहरूको स्वास्थ्य परीक्षणको नाउँमा नेपालमा करोडौं भ्रष्टाचार भइरहेको छ । यी सबै पक्षको समाधान पनि हुनुप¥यो र सरकारले उनीहरूका लागि के गरिरहेको छ भन्ने कुराको पनि जानकारी हुनुप¥यो भन्ने विषयलाई मैले संसद्मा उठाएको हो ।