देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिप भएका व्यत्तिलाई नाम र दामको खाँचो पर्दैनः मित्रदेव गुरुङ

देशान्तर

मित्रदेव गुरुङ नुवाकोटको रालुका गरुङ गाउँको सामान्य परिवारमा जन्मिएका हुन् । उनले एसएलसीसम्मको पढाइ नुवाकोटकै गुरुङ गाउँबाट पुरा गरे । त्यसपछि उच्च शिक्षा र सुन्दर भविष्यको खोजीमा काठमाडौं छिरे । २०६१ सालमा काठमाडौं पसेका गुरुङ राम्रो फिल्म सम्पादक भनेर चिनिन्छन् । काठमाडौं आएपछि उनको भेट वरिष्ठ फिल्म सम्पादक मानबहादुर थापासँग भयो ।

त्यो मौका उनले आफ्नै बुबाबाट प्राप्त गरेका हुन् । उनको बुबा र मानबहादुर थापा एउटै पल्टनमा काम गरेका थिए । मानबहादुर थापा पल्टनमा हुँदा पनि भिडियो, फोटो खिच्ने र सम्पादन गर्ने काममा पोख्त थिए । मानबहादुरको त्यो क्षेमताले लोभिएका गुरुङले आफ्नो छोरालाई पनि फिल्म सम्पादन सिकाउने चाहना राखे । साथीको नाताले उनले छोरालाई मानबहादुरको जिम्मा लगाए ।

मानबहादुरले पनि आफ्नो मिल्ने साथीको छोरा मित्रदेवलाई आफ्नो बुद्धिबिबेकले भ्याएसम्म फिल्म सम्पादन गर्ने काम सिकाए । गुरुङले पनि मानबहादुरको मेहनतलाई खेरा जान दिएनन् । उनी राम्रो फिल्म सम्पादक बनेर छाड्ने अठोटका साथ काममा दत्तचित्त भएर लागे ।
फिल्म सम्पादन सिक्नुको अलावा उच्च शिक्षा अध्ययनलाई पनि सँगै अगाडि बढाए । उनले काठमाडौंको एक्टिभ एकेडेमीबाट ब्याचलरसम्मको अध्ययन पुरा गरेका छन् । गरुङ मानबाहादुरको सिकाइबाट पारङगत भएपछि विगत १४ वर्षदेखि फिल्म सम्पादनमा लागेका छन् ।

उनी अहिले अब्बल दर्जाको फिल्म सम्पादकको रुपमा चिनिन्छन् । १४ वर्षदेखिको अनुभव र सिकाइले खारिएका गुुरुङ धेरै चर्चित फिल्महरु सम्पादन गरिसकेका छन् । सही मान्छेको प्रशिक्षण र उनको लगनसिलताले गरुङ दक्ष फिल्म सम्पादक बनेका हुन् । अहिले उनलाई फिल्म सम्पादन गर्ने कामले भ्याइनभ्याइ छ ।

अहिले उनी आफ्नो स्टुडियोमा फिल्म सम्पादनसँगै नेपाल फिल्म एकेडेमीमा फिल्म सम्पादनसम्बन्धी पढाउने काम गर्दछन् । त्यस एकेडेमीमा पत्रकारिता, फिल्म सम्पादन, अभिनय र डाइरेक्सन सिक्ने विद्यार्थी उनले पढाउने काम गर्दछन् । नाम र दाम दुवै कमाइसकेका गुरुङ कामप्रति इमान्दार कर्तव्य निष्ठ छन् । गुरुङले सयको हाराहारीमा म्याुजिक भिडियो र तीन दर्जन बढी ठूलो पर्दाका चललित्रमा सम्पादन गर्न भ्याइसकेको छन् ।

उनले सम्पादन गरेका ठूला चलचित्रमा दालभात, सत्रुगते, जात्रैजात्रा, मारुनी, जात्रा, जीवन जात्रा हो, चौकादाउ, जय भोले, छक्कापञ्जा–३, जयश्रीदाम, कथा काठमाडौंलगायत रहेका छन् । आउँदै गरेकामा हेल्लो जिन्दगी, रातोटिका दिधारमा, आदि रहेका छन् । तपाईं कसको प्रेरणाले फिल्म सम्पादनको पेशामा आउनुभयो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म बुबाको चाहना र मेरो इच्छाशक्तिले यो ठाउँमा आइपुगेको हुँ ।’ मेहनत इच्छाशक्ति भएमा मानिसले नसक्ने केही छैन जुनसुकै काममा सफलता हात पार्न सक्छ । कर्ममा विश्वास गर्ने व्यक्ति हुन् मित्रदेव ।

सानो पर्दाका म्युजिक भिडियो झन्डै सयको हाराहारी सम्पादन गरिसकेका छन् गुरुङले । सानैदेखि काममा दत्तचित्त भएर लाग्ने उनको रुचिको विषय थियो फिल्म लाइन । रुचिको विषयभित्र भविष्य खोज्दा सफलता हात लाग्ने गुरुङको ठम्म्याई छ । भविष्यमा अन्य पेशा अँगाल्नुहुन्छ कि यसैमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो बलबुताले भ्वाउन्जेल यो काम छोड्दिँन ।’

उनी थप्छन्, ‘मेरो रहर र बुबाको इच्छाले सिकेको पेशा हो’ हो । त्यसमा पनि अझ गुरु मानबहादुरको साथ मेरो लागि बरदान सावित भएको छ । फिल्म सम्पादनमा १४ वर्षको अनुभव बटुलिसकेका गुरुङले आफ्नो भविष्य यहीं क्षेत्रमा देखेका छन् । काममा लागेपछि आफ्नो सिप र क्षमताले भ्याएसम्मको मेहनतले पुरा गर्दछन् । फिल्म सम्पादनमा सिद्धहस्त गुरुलाई पछिल्लो समय ठूलो पर्दाका फिल्मको चाङ लाग्ने गरेको छ ।

‘हेल्लो जिन्दगी’ र ‘रातोटिका निधारमा’ नामक चलचित्र गुरुङको पर्खाइमा छन् । कामलाई पूरा गर्ने बानीबाट भरिपूर्ण गुरुङलाई पछिल्लो समय फिल्म उद्योगमा चालेका निर्देशकहरु पत्याएका छन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलेसमेत राम्रो फिल्म सम्पादकको रुपमा चिनेका छन्, गुरुङलाई । उनीहरु आपूmसँग राम्रो कथावस्तुले समेटिएको चलचित्र हुँदा मित्रदेवलाई सम्झन्छन् ।

देशका ख्याति प्राप्त कलाकारहरुको फिल्म सम्पादन गर्न भ्ध्याइसकेका गुरुङ आपूmलाई महंगो सम्पादकको रुपमा चिनाउन चाहन्छन् । उनलाई अहिले कामको खाँचो छैन । तर, मानिसमा तीब्र चाहना र इच्छा भयो भने राम्रै सफलता हात पर्न सक्छन् । काममा सिद्धहस्त गुरुङलाई अहिले देशको राम्रो फिल्म सम्पादकको रुपमा चिनिन्छन् ।

सामान्य फोटाग्राफी हुँदै अहिले फिल्म उद्योगका हस्तीहरुको फिल्म सम्पादन गर्न भ्याइसकेका गुरुङ काम र दामको खाँखो छैन । सानैदेखि प्राविधिक विषय मन पराउने गुरुङ अब्बल दर्जाका फिल्म सम्पादक भनेर चिनिन्छन् ।