काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी नभएको बताएका छन् । संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधानअनुरुपको संरचनामा लैजान नसक्दा अहिले चलाइएको अभियान प्रभावकारी नभएको उनको गुनासो थियो ।
ठमेलस्थित आफ्नै निवासमा सोमबार कांग्रेसका जिल्ला समन्वय समिति सभापति तथा पदाधिकारीसँगको भेटघाटमा उनले संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको बताए । जसले गर्दा पार्टी, नेता(कार्यकर्ताहरुमा निराशा छाएको उनको भनाइ थियो ।
ुआफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनुपर्ने अवस्थामा कांग्रेस झनै आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ,ु उनले भने । सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए । कांग्रेसलाई विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । उनले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनको भनाइ थियो । ुमुलुकमा रहेका तमाम चुनौती सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद हो,ु सिंहले भने । पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आफूलाई आरोप लाग्ने गरेको उनको गुनासो थियो । उनले कांग्रेसलाई सुधार्न जस्तोसुकै चुनौती झेल्न आफू तयार रहेको धारणा राखेका थिए । कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया