काठमाडौँ । सरकारले आगामी साउन १ गतेबाट लागुहुने गरी कर्मचारीको तलब बढाएको छ । राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ । तीनवर्ष अघि सरकारले सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको थियो ।
सरकारले अगामी बजेटबाट नायब सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशतले तलब बढाइएको हो । सरकारले विभिन्न पदमा विभिन्न आधारमा तलब बढाएको छ । अहिले १८ हजार ३ सय ४० रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब २० प्रतिशतले बढ्दा २२ हजार ८ रुपैयाँ हुन जान्छ ।
त्यस्तै खरिदार तहका कर्मचारीले २२ हजार १ सय ७० रुपैयाँ तलब बुझ्दै आइरहेकोमा अब उनीहरुको तलब २६ हजार ६ सय ४ रुपैयाँ पुग्छ । सुब्बा तहका कर्मचारीले २३ हजार ५ सय रुपैयाँ तलब बुझ्दै आइरहेका छन् भने अब उनीहरुले २८ हजार २ सय बुझनेछन् ।
अधिकृत स्तर र यसमाथिका कर्मचारीको तलब पनि १८ प्रतिशतले बढाइएको छ । ३० हजार ५ सय रुपैयाँ बुझ्दै आइरहेका अधिकृत स्तरका कर्मचारीले अब ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्नेछन् । त्यस्तै उपसचिवको तलब पनि ३४ हजार २ सय २० बाट बढेर ४० हजार ३ सय ७९ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया