काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष भएको छ । २६ वर्ष वितिसक्दा पटक पटक सरकारको नेतृत्व गरेको तत्कालिन एमालेले दासढुंगा प्रकरणको खोजि गरेको छैन ।
स्व. मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादलाई पार्टीको मुल शिदान्त बनाउदै अहिले भण्डारीकी धर्मपन्ती विद्यादेवी भण्डारी राष्ट्रपतिको पदमा आसिन छिन् भने केपी शर्मा ओली अहिले दुइतिहाइ बहुमतको सरकारको नेतृत्वमा छन । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीदेखि भलनाथ खनाल,माधवकुमार नेपाल हुदै केपी ओली दास्रो पटक प्रधानमन्त्री भएका छन । तर, मदन भण्डारीको नाम आजका दिनमा लिन न प्रधामन्त्री चाहिन्छ नत राष्ट्रपति भण्डारी नै ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
दुवै नेताको हत्या भएको २६ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ ।
भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो । तर सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गरेका थिए ।
प्रतिक्रिया