देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको नेतृत्व र ओली सरकारको कामकारबाहीमा भातृसंगठन असन्तुष्ट

देशान्तर

काठमाडौँ – पूर्व एमाले र माओवादीका भातृसगठनका नेताहरूले वर्तमान सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले नेकपा नेतृत्वसमक्ष गुनासो गरेका छन्।

पूर्व एमालेको भातृसगठन युवा सघ नेपालका अध्यक्ष रमेश पौडेलले केपी ओली नेतृत्वको सरकारको कामको बचाउको प्रयास गरेपनि पूर्व माओवादीको भातृसगठन वाइसीएलका नेताहरूले घुमाउरो हिसावले कम्युनिस्ट नेताहरु सत्तामा गएपछि स्वार्थमा डुबुल्की मार्ने र जनतालाई नहेर्ने प्रवृत्ति भएको आरोप लागेको भन्दै त्यस्तो नहोस् भन्नेमा सचेत गराए।

युवा सघ नेपालका अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले भ्रस्टाचार नियन्त्रण गर्न नसकेको आरोप लागिरहेका बेला अहिले भ्रस्टाचार व्याप्त भएको र त्यसको अन्त्यका लागि अभियान चलाउनु पर्ने बताए । एकता हुन नसकेपछि बुधबार छुट्टाछुट्टै रूपमा आआफ्नो स्थापना दिवस मनाउन बाध्य बनेका थिए उनीहरु।

युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा वाइसीएल नेपालका अध्यक्ष दिप शिखले भने, ‘सबैभन्दा धेरै अपेक्षा राख्छौ यो विस्वासीलो जनमत बोकेको पार्टी र सरकारसँग। जब कम्युनिस्ट सत्ता पुग्छन् तब जनतालाई भुल्छन् त्यो आरोप लागेको छ। मैले हाम्रो नेतालाई मात्र भन्न खोजेको हैन। संसारभरको आरोप हो यो।

बढ्दो कालोबजारी र भ्रष्टाचारलाई लिएर उनले नेतृत्वको ध्यानाकर्षण गराए। उनले भने, ‘हाम्रो पार्टीका नेतालाई भन्न हुन्छ कि नै १० रुपैयाँमा बेच्छ अनि ४० रुपैयाँमा किनेर खान्छ। २० रुपैयाँ कहाँ गयो त्यो खोज्नु पर्छ कि पर्दैनरु मालपोत देखि सबै कार्यलयमा भ्रष्टाचार ब्याप्त छ। त्यो हटाउन चाहान्छौँ। पार्टीका एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई इंगित गर्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। तर ओली विदेश भ्रमणमा रहेकाले अनुपस्थित थिए । यस्तै वाइसीएलका उपाध्यक्ष किरण पौडेलले युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले नेपाललाई अविकसित बनाइराख्न अहिले पनि षड्यन्त्र भइरहेको बताए।