चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रेसमाथि अंकुश लगाउने सरकारको प्रयास कुनै पनि शर्तम स्वीकार्य हुन नसक्ने बताएका छन् ।
भरतपुरको हाकिम चोकस्थित होटेल स्टार व्याङ्क्वेटमा नेपाल शिक्षक संघले आयोजना गरेको ३० औं स्थापना दिवसलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
‘संवैधानिक मर्म र भावनाविपरित दुई तिहाइको दम्भमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको छ । सरकारको प्रेसमाथि अंकुश लगाउने प्रयास नेपाली कांग्रेसलाई कुनै शर्तमा स्वीकार्य हुँदैन’ उनले भने ।
सरकारका पछिल्ला गतिविधि शाही शासनकालको झल्को आउने खालको भएको भन्दै नेता पौडेलले सरकारको शाही प्रवृत्तिविरुद्ध जनस्तरबाट नै प्रतिबाद गर्ने समय आएको बताए ।
मानव अधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहत राख्न खोज्नु निरंकुशतावादी सोच भएको उनको भनाइ थियो । नेता पौडेलले सार्वजनिक शिक्षा सुधारमा शिक्षकहरुको ठूलो भुमिका रहने बताए ।
प्रतिक्रिया