देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी आजदेखि १०० वर्षमा प्रबेश

देशान्तर

ललितपुर । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेका छन् । यसै अवसरमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गत वर्ष नै लमपाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि विभिन्न स्थानको पु¥याउने तयारी महानगरको छ