देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले ७ सालदेखि अहिले सम्म जनतालाई धोका दिएको छैनः पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र जनताका लागि कांग्रेस जति इमान्दार पार्टी अरु नएको बताएका छन । उनले राणा शासन अन्त्य देखि अहिले सम्म जनताको स्वतन्त्रताका लागि लड्दै आएको कांग्रेसले कहिले पनि जनतालाई धोका नदिएको बताए ।

पौडेलले पछिल्लो समयमा आएर कांग्रेस नेतृत्वमा केहि विचलन आएकाले जनताले एकपटक कांग्रेसलाई सजाय दिएको भन्दै जनताले दिएको सजायलाई स्वीकार गर्दै फेरी जनताका पिरमर्का बुझनका लागि कांग्रेसले गाउँ गाउँमा जागरण अभियान चलाएको बताए ।

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गरे ।

उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे ।

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एक महिने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पारे ।