काठमाडौँ । गुड्ने देखि उड्ने सम्मका यात्रुहरुलाई हैरान बनाउदै प्रधानमन्त्री केपी शर्मा ओली आज दक्षिण पूर्वी एसियाली–आसियानका दुईवटा मुलुकहरुको भ्रमणमा निस्किएका छन् । भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली मध्यान्ह अगाडी उता लागेका हुन ।
प्रधानमन्त्रीको भ्रमणका कारण करिव एकघण्टा सडकका सवारी साधान र त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सवै जहाज होल्ड भए । सडकदेखि विमानस्थलका जहाज समेत जाममा परेपछि त्यसको दोष भने त्रिभुवन विमान स्थलले पाएको छ ।
प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना जारी गरेको विमानस्थलले समयमै उठाउन नसकेपछि क्षमा माग्नुपर्ने अवस्था समेत आयो ।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले समयमा प्रधानमन्त्रीको उडान नभएका कारण बढी समय अन्य उडान तथा अवतरणमा बाधा पुगेको बताए छ । क्षेत्रीले भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
उनले विगतमा भएका यस्ता सवारी र भ्रमणबाट सर्वसाधारणले धरै दुखः पाएपछि यो पटक प्रधानमन्त्री ओलीलाई आधाघण्टामा बालुवाटारबाट विमानस्थल पुर्याएर उडाई सक्ने गरी ३० मिनेटको समय दिदै सूचना पनि निकाले का थिए ।
परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यका साथ प्रधानमन्त्रीको भ्रमण हुन लागेको जनाइएको छ । भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा पाँचदिने भ्रमण र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा तीन दिने भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया