देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई मुख्यमन्त्री राउतको चेतावनी

देशान्तर

काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को सरकार परिवर्तन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओली लागेको भन्दै अब आवश्यक परे आफ्नो पार्टीले नै सिंहदरबार कब्जा गरिदिने बताएका छन् ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभामा पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको मुख्यमन्त्री राउतको भनाइ छ ।

पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उनले दाबी गरे कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उनले चुनौती दिए ।

 

अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उनले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताए ।