देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपाको पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाडौं: राष्ट्रिय जनता पार्टी राजपा नेपालको पदाधिकारीको बैठक बस्दैछ। पार्टी कार्यालय बबरमहलमा आइतबारदेखि राजपाका पदाधिकारीको बैठक बस्न लागेको हो। पदाधिकारी बैठक विशेषगरी महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल केन्द्रित हुने राजपाको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। राजपाले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। ६ मधेसवादी दल मिलेर राजपा बनेको दुई वर्ष पूरा भइसकेको छ तर अहिलेसम्म एकता अधिवेशन गर्न सकेको छैन। यसअघि वैशाख ७ अर्थात् महाधिवेश गर्ने घोषणा गरिएको थियो। तर बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले स्पष्ट पारेको छ।