देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देहरादुनमा नेविसंघको स्थापना दिवस

देशान्तर

देहरादुन (भारत) । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ४९ औं स्थापना दिवसको अवसरमा देहरादुनमा ‘हाम्रो नेविसंघ, हाम्रो गौरव’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेविसंघ, भारतका अध्यक्ष सुदर्शन कठायतको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा अधिनायकवादतर्फ लम्किरहेको कम्युनिष्ट सरकारलाई तह लगाउन नेविसंघ एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याइयो ।

कार्यक्रममा प्रमुख अतिथि नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष एवंम नेपाली कांग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, विशिष्ट अतिथि नेविसंघ नेता निरमुनी मैनाली र अतिथीहरु इन्द्रबहादुर धामी (पूर्व सभापति भारत), सुदर्शन पाण्डेय (पूर्व ईकाई अध्यक्ष)ले नेविसंघको औचित्य र भविष्यबारे प्रकाश पारेका थिए ।

नेविसंघले राज्य पञ्चायत र निरंकुश राजतन्त्र अन्त गरेको गर्भिलो इतिहास बोकेको संगठनका काँधमा अब अधिनायकवाद तिर लम्कीएको कम्युनिष्टहरुको अन्तो लागि सबै नेविसंघका साथीहरु एकजुटभएर अगाडि बढ्नुपर्ने कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले वताए । कार्यक्रमको समापनमा द्वीप प्रज्वलन गरिएको थियो ।