देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्र र सुशासनका लागि साप्ताहिक पत्रिका महत्वपूर्ण

देशान्तर

काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्था र सुशासनका लागि साप्ताहिक पत्रपत्रिकाको भूमिका महत्वपूर्ण रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । साप्ताहिकका सम्पादकहरुको अन्तर्राष्ट्रिय समाजको नेपाल शाखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले साप्ताहिक पत्रपत्रिकाको सान्दर्भिकता अझैं बढेर गएको बताएका हुन् ।

समाजका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक चाड स्टेविन्सले नेपाल र अमेरिकाका साप्ताहिक पत्रपत्रिकाहरुको चुनौती समान रहेको बताउनुभयो । साप्ताहिक पत्रिकाहरुले आफ्नो अस्तित्व जोगाउन फरक विषयवस्तु र प्रस्तुतिमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले प्रेस स्वतन्त्रताका सवालमा सरकार कमजोर सावित भएको भन्दै साप्ताहिक पत्रपत्रिकाले खबरदारी गर्नुपर्ने बताउनुभयो । साप्ताहिक पत्रिकाहरुले लोकतन्त्र र सुशासनका पक्षमा खबरदारी गर्दै राष्ट्रिय स्वार्थका पक्षमा पत्रकारिता गर्नुपर्ने उहाँको भनाई थियो । कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले नेपालको पत्रकारिताको ईतिहास नै साप्ताहिक पत्रिकाको ईतिहास रहेको बताउनुभयो । उहाँले डिजिटल युग आएपनि छापा पत्रकारिताको महत्व नघटेको भन्दै खोज पत्रकारितालाई साप्ताहिक पत्रिकाले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

समाजका नेपाल शाखा अध्यक्ष एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणाले नेपालमा राजनीतिक आन्दोलन सफल बनाउन तथा अभिव्यक्ति स्वतन्त्रतालाई उजागर गर्न साप्ताहिक पत्रिकाहरुको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । साप्ताहिक पत्रिकाहरुको समस्या समाधानका लागि सर्वपक्षीय पहल अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।