देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोहन बैद्य भन्छन्– ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार भन्न मिल्दैन

देशान्तर

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव वैद्यको तर्क छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले त्यस समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दबाब दिए ।

महासचिव वैद्यले प्रधानमन्त्री ओलीले देशको धरातलीय यथार्थलाई भुलेर गरिबी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको आरोप लगाए ।