देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुसाको कान काटेर ससुराको धन जोगाएको भ्रम !

देशान्तर

कुनै गाउ“मा ज्याला गरेर खाने एक गरिब किसानको छोराले अर्काे गाउ“का सम्पन्न व्यक्तिका छोरीलाई उडाएर लगेका रहेछन् । समाजका अगाडि आफ्नो बेइज्जत गरिदिएका कुराले ससुरालाई पर्नु पीर पर्ने नै भयो ।

उनले छोरीज्वाई दुवैलाई माइतीको ढोका बन्द गरिदिए । केही वर्षपछि बूढीले धेरै कचकच गरेपछि छोरीलाई माइतमा भित्र्याए पनि ससुराले ज्वार्इंलाई ससुराली आउन दिएका थिएनन् । उनी छोरीलाई त्यो ज्वाईंबाट छुटाएर अर्को केटास“ग बिहे गरिदिने चा“जोपा“जो मिलाउनतिर लागेका थिए । तर छोरी पटक्कै मानिरहेकी थिइनन् । कतिन्जेल ! एक दिन गरिबी र दरिद्रताले पीडित उनीहरूका लोग्ने–स्वास्नीका बीचमा नराम्रो झगडा भयो ।

लोग्नेलाई एक्लै छाडेर स्वास्नीचाहि“ माइत गई । लोग्ने ससुराली जान नपाउने, श्रीमती झगडा गरेर गएकाले आफैं लुरुलुरु घर फर्किन नहुने । महिनांै भइसक्दा पनि नफर्केपछि लोग्ने आफैं जे पर्लापर्ला भनेर श्रीमती लिन ससुराली गयो । दिउ“सै पुग्दा घरभित्र पस्ने सवाल उठेर लाजमर्नु होला भनेर ऊ झमक्क रात परेपछि ससुराली पुग्यो र पि“ढीमा बसेर श्रीमतीलाई बोलायो ।

संयोगले ससुराले बन्दोबस्त गरेको केटो पनि केटी हेर्न त्यही दिन आएको थियो र कुराकानी गर्दागर्दै रात परेकाले चोटाको एक कोठामा पाहुना भएर बसेको थियो । अघिपछि हुन्थ्यो भने पुरानो ज्वार्इंलाई पि“ढीमा पनि बस्न दिने थिएनन् तर त्यसबेला होहल्ला चल्यो भने हुनेवाला ज्वाईंले बिहे भइसकेकी केटीसित फेरि बिहे गराउन लागेको कुरा थाहा पाउने डरले उसलाई भुटेको बासी मकै ख्वाएर बिहान झिसमिसेमै उठेर हि“ड्ने सर्तमा पि“ढीमा सुत्न दिएका थिए ।

त्यो रात आफूले मायाप्रीति गा“सेर जोस“ग पोइल गएको हो, त्यो लोग्नेलाई घर बाहिर पि“ढीमा सुताएर आफूभित्र सुत्नु परेकाले श्रीमतीलाई निद्रा आउने कुरै भएन । उसलाई लोग्नेको मायाले पनि निदाउन दिएको थिएन ।

तर्कनामा डुबेकी उसले बाहिर स¥याक्सुरुक र हानाहान भएको जस्तो आवाज सुनी, बिस्तारै ढोका खोलेर हेर्दा गोठको बाख्राको पाठो तान्न लागेको बाघसित लाप्का खेलेर लोग्नेले लगारेको दृश्यदेखि र आत्तिएर आमा बाउलाई उठाउन खोजी, त्यसो गर्न उसले रोक्यो– यस्तो जाबो कुरामा उनीहरूको निद्रा खल्बल्याउनहुन्न भनेर । ऊ भित्र पसी र निदाउन खोजी, सकिन“ ।

बिहानीपख निद्रा लाग्न खोज्दा पाहुना सुतेको कोठामा पहिले डाङडाङडुङडुङ र पछि ठूलो स्वरमा आवाज आयो– काटे“ मुसाको कान, जोगाए“ ससुराको धन । भएको के रहेछ भने त्यो कोठामा भएको धानको भकारी वरिपरी राति मुसाहरू दगुरादगुर गर्दा रहेछन् ।

नया“ ज्वाईं हुन आउनेले मुसाले धेरै हल्ला गरेपछि अ“ध्यारामै जुत्ताको झटारो हानेर एउटा मुसाको रगत झर्नेगरी कानमा घाउ पारिदिएछ । त्यत्ति जाबो विषयलाई उसले ठूलो बहादुरी गरेजस्तो गरी हल्ला चलाएको देखेपछि हेला“ गरेर पि“ढीमा सुताएको लोग्नेले बाघस“ग कुस्ती खेलेर बाख्रा जोगाएको र त्यत्ति सानो कुरा अरूलाई नभन्नु भनेर श्रीमतीलाई सचेत गराएको कुरा सम्झी, तब उसले आमा बाउलाई ती सबै सुनाई र भनी, म आफ्नै लाग्नेसित घर जान्छु ।

उनीहरू पनि कायल भएछन् र नया“ ज्वार्इं हुन आएको व्यक्तिलाई धपाएर पुरानै गरिब तर साहसी ज्वाईंका साथमा छोरीलाई बिदा गरेका थिए । नेपाली कथा साहित्यमा बडो चर्चित यो कथा, हिजोआजको नेपाली राजनीतिमा अत्यन्त सान्दर्भिक बन्न पुगेको छ । विशेषगरी नेकपाको सरकार र स्वतन्त्र मधेसी मोर्चाका बीचमा भएको ११ बु“दे सम्झौता र त्यसपछिको प्रचारप्रसारले त्यो कथा, बढी प्रासांगिक हुन पुगेको हो ।

खसोखासमा एमाले र माओवादीको मोर्चा, जसलाई उनीहरूले नेकपा भनेका छन्, त्यसको सरकार र सीके राउतको नेतृत्वको कुन्नि कतिवटा मधेसी पार्टीहरू मिलेर बनेको मोर्चा हो, त्यो त कसैले थाहा पाउन सकेका छैनन्, तर उनीहरूका बीचमा हालै भएको सम्झौताले झन्डैझन्डै विखण्डन हुन लागेको हाम्रो देश बल्लतल्ल बचेछ, त्यो भने थाहा पाइयो । त्यो पनि तब, जब सरकारका प्रधानमन्त्रीले भन्न थाले, देशलाई ठूलो प्रयासले विखण्डन हुनबाट जोगाएको हुनाले त्यसको विरोध गर्नेहरू देशको विखण्डन चाहनेहरू हुन् भन्ने आरोप लगाउन थाले ।

देशका प्रधानमन्त्री र उनका मन्त्रीहरूले समवेत स्वरमा, पञ्चायतकालका प्रचारशैलीलाई पनि उछिनेर त्यस्ता प्रचार जोडतोडले गर्न थालेपछि सचेत नेपालीले सीके राउतको स्वतन्त्र मधेसी मोर्चाले मधेसको कुन कुन भाग कब्जा गरेर स्वतन्त्र मधेसको आधारभूमि घोषित गरेका रहेछन्, त्यो खोज्न आवश्यक मात्र होइन, अपरिहार्य हुन पुगेको हो ।

मधेस टुक्रिन लागेको थियो भन्नुको अर्थ मधेसका जनताको देशभक्तिमा शंका र अविश्वास गर्नु हो कि होइन ? के सा“च्चै प्रधानमन्त्री ओली र सीके राउतले भनेजस्तै देशका अरु भागका नेपालीमा भन्दा मधेसका जनतामा आफ्नो मातृभूमिप्रतिको आस्था, विश्वास र निष्ठा फितलो छ ? उनीहरू देश टुक्र्याउन लागिपरेकै हुन् ? यो राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताप्रतिको सद्भाव र समर्पण कसैको भन्दा उनीहरूमा कम छ ? मुलुकमा जबजब संकट आएको छ, त्यस्तो अवस्थामा राष्ट्रप्रतिको कर्तव्यको पुकार सुनेर बलिदान गर्ने पहिलो नेपाली मधेसबाट निक्लेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेसका सपूतहरूको योगदानका अगाडि सबैले नतमस्तक हुनै परेको छ । त्यस्तो गौरवमय इतिहास भएको मधेसलाई विखण्डनवादीको बिल्ला भिराउनेहरूले समय आएपछि त्यसको मूल्य चुकाउनु पर्नेछ । सीके राउतजस्ता भ्रमणकारी लाहुरेले के खाएर मूल्य चुकाऊन्, त्यो नेकपाले नै चुकाउनु पर्नेछ । मधेसीलाई विखण्डनकारीको आरोप र प्रचार उसैले बढी गर्ने गरेको छ ।

एकथरी मधेसवादीहरू विखण्डनको खेती गरेर त्यसैको नाफाबाट गुजारा चलाउन पल्केका छन्, त्यो वास्तविकता पनि कसैबाट छिपेको छैन । तर तिनलाई बाहिरबाट जतिसुकै नोट बर्सिने गरे पनि मधेसी जनताको विश्वास र सद्भाव भने ओइरिने गरेको छैन ।

विगतमा भएका निर्वाचनमा राष्ट्रिय पार्टीका उम्मेदवारले पाएका मतले पनि त्यसको पुष्टि गरेकै छ । तराई मधेसका जनताका केही जायज गुनासा अवश्य छन् । त्यस्तै गुनासा पहाड र हिमालका जनताका पनि छन् । गरिबी, पिछडापन र अशिक्षाका कारण मात्र होइन, राष्ट्रिय उत्पादनको समानुपातिक वितरणका लागि चाहिने प्रजातान्त्रिक सरकारका अभावमा पनि भेदभाव र पक्षपात हुन पुगेको तथ्यलाई कसैले नकार्न सक्तैन ।

तर त्यस्ता सम्वोधन गर्नै पर्ने समस्याको समाधान विखण्डन होइन भन्ने पनि अरूले भन्दा बढी मधेसका जनताले बुझेका छन् । त्यही कारण उनीहरूले विखण्डनकारीलाई चारा डाल्ने गरेका छैनन् । मधेसका जनताले घा“स डालेर प्रोत्साहित नगरेका विखण्डनकारीलाई सरकारले किन बढाइचढाई गरिरहेछ, त्यस्को अन्तर्य तराईका जनताले पनि बुझ्न सकेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरूको त्यो सम्झौता गरेर देशलाई विखण्डनबाट जोगाएको दाबी, यथार्थमा मुसाको कान काटेर ससुराको भकारीको धान जोगाएको कथाको पुनरुक्ति मात्र हो । सीके राउतको स्वतन्त्र मधेस मोर्चाको आकार, प्रकार र आयतनको अध्ययनबाट के देखिन्छ भने देश टुक्र्याउन चाहिने शक्ति, सामथ्र्य र औकात, उनको तथाकथित मोर्चास“ग छ“दैछैन भन्ने जान्दाजान्दै पनि अहिलेको सरकारले उसस“ग सम्झौता गरेर लंका जितेको डंका पिटिरहेको छ ।

उसको त्यस्तो आत्मश्लाघाले भविष्यमा अर्को दुस्साहसी कुनै सीके राउतलाई त्यही नारा बोकेर अघि बढ्न प्रोत्साहित गर्नु अस्वाभाविक होइन, किनभने भाइचाराका नाममा त्यस्ता तत्वलाई चारा छर्नेहरूको अभाव हिजो पनि थिएन र भोलि पनि हुने छैन ।