देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिपक्षले काम गर्न दिएन भनेर बोल्दै हिड्न प्रधानमन्त्रीलाई लाज हुदैन : पौडेल

देशान्तर

घादिङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको बताएका छन् । धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले सवै अधिकार आफुमा केन्द्रीत गरेर सर्वसत्तावादी बन्न लागेको बताए ।

उनले कांग्रेस भइन्जेल सर्वसत्तावादीको सपना नदेख्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । पौडेलले भने– ‘प्रधानमन्त्री केपी ओली मुलुकको समृद्धि नारा लगाइरहनुभएको छ । तर मुलुक समृद्ध हुने काम एकवर्षमा केहि भएका छैनन् । तर ओली जी सवै अधिकार आफैमा केन्द्रित गरेर सर्वसत्तावादी बन्ने अभियानमा हुनुहुन्छ । तर कांग्रेसको रहुन्जेल सर्वसत्तावादको सपना नदेखेहुन्छ ।’

कम्युनिष्ट प्रति आक्रमक हुनुभएका पौडेलले कम्युनिष्ट र राजावादीहरुले मुलुकलाई अस्तव्यस्त बनाएको बताए । उनले अहिले सत्तामा भएका कम्युनिष्ट हिंसामा उत्रिएका कम्युनिष्ट र सिके राउतहरु फेरि मुलुकलाई अस्तव्यस्त बनाउन लागेको आरोप लगाए ।

पौडेलले भने– ‘हिजो सत्तामा भएका राजा र सत्ता बाहिर रहेका कम्युनिष्टको अतिवादले मुलुकलाई अस्तव्यस्त बनायो । आज फेरि सत्तामा कम्युनिष्ट अतिवाद, अनि हिंसामा विप्लबको अतिवाद र तराई सिके राउतको अतिवाद छ । यी अतिवादहरु कुनै न कुनै रुपमा एकैठाँउमा भएर मुलुकलाई अस्तव्यस्त बनाउन लागेका छन् ।’

पौडेलले कम्युनिष्टहरुले दुईतिहाई मत दिएकोमा जनता पछुताउन लागेको बताउदै पूरा गर्नै नसक्ने आश्वासन बाँडेर कम्युनिष्टले जनतालाई झुक्याएको बताए ।

पौडेलले हिंसा गरेर देशलाई अस्तव्यस्त बनाउने कम्युनिष्टहरुले अहिले आर्दशको कुरा गर्न नसुहाउने स्पष्ट पारे । कम्युनिष्टहरुको दुई तिहाईको सरकारको एकवर्षको समय खेर गएको पौडेलको निष्कर्ष थियो । उनले भने– ‘प्रधानमन्त्री जी कांग्रेसले सुरु गरेको विकासको अभियानलाई ठप्प पारेर समृद्धिको अभियान भने फलाकी रहनुभइएको छ । प्रतिपक्षले काम गर्न दिएन भन्दै हिड्नुभएको छ । असत्य प्रचार भयो भन्दै हुनुहुन्छ । के के भयो काम फेरिहस्त भने हुन्छ नि जनतालाई किन गुमराहमा राख्ने ? प्रतिपक्षले काम गर्न दिएन भने बोल्दै हिड्न प्रधानमन्त्रीलाई लाज हुदैन ।’